News Portal

  • बुटवलमा लकडाउन, अत्यावश्यकबाहेक सबै सेवा ठप्प

    ५४८ पटक

    बुटवल, २९ साउन । कोराना सङ्क्रमणले समुदायस्तरमा समेत उच्च जोखिम बढाएपछि बुटवलमा बिहीबारदेखि लकडाउन हुने भएको छ । बुटवलस्थित कोरोना अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएकै दिन बुटवल उपमहानगरपालिकाले एक साताका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।

    प्रकोप व्यवस्थापन समिति बुटवलको बुधबार बसेको आकस्मिक बैठकले बिहीबार रातिदेखि बुटवलमा कडाइका साथ लकडाउन गर्ने निर्णय गरेको हो । उपमहानगरप्रमुख शिवराज सुवेदीले जोखिम न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको बताउनुभयो । उहाँले सङ्घीय सरकारको मापदण्ड तथा जिल्ला प्रशासनको परामर्श र सहकार्यसँगै यस्तो निर्णय गरिएको बताउनुभयो । उहाँले आकस्मिक आउजाउ गर्न बाहिर जान र बुटवल आउनका लागि बिहीबार राति १२ बजेसम्म समय दिइएको बताउनुभयो ।

    लकडाउनमा अत्यावश्यकबाहेक अरु सबै ठप्प हुनेछन् । लकडाउन खुलेपछि बुटवलमा अत्यधिक भीडभाड, सार्वजनिक जमघट बढेको थियो । गोरखापत्र दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...