News Portal

  • होटलमा खानेलाई १ सय जरिवाना र खुवाउनेलाई १ महिना कैद गर्ने जिप्रकाकाे आन्तरीक तयारी

    राजेशमान मानन्धर / भक्तपुर पोस्ट भक्तपुर, २९ साउन
    १७१४२ पटक
    bhaktapur cdoभक्तपुर, २९ साउन

    होटल रेस्टुराँमा ग्राहक बसालेर खुवाउने भक्तपुरका होटल रेस्टुराँ व्यवसायीहरुलाई कडा कारवाही हुने भएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले अटेर गरी ग्राहक बसालेर खुवाउने भक्तपुरका होटल रेस्टुराँ व्यवसायीहरुलाई जेल हाल्ने आन्तरीक तयारी गरेको हो ।

    कोभिड १९ को उपत्यकामा बढ्दो संक्रमणलाई मध्यनजर गर्दै भक्तपुर प्रशासनले कठोर कदम उठाउने आन्तरीक तयारी गरेको सूचना प्राप्त भएको छ । श्रोतका अनुसार अटेर गर्ने व्यवसायीलाई १ महिना कैद गर्ने आन्तरीक तयारी गरिएको हो । शुक्रवारबाट सिडिओ हुमकला पाण्डे आफै अनुगमनमा निस्कने जानकारी प्राप्त भएको छ । उनले बिहीवार जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुलाई बोलाएर अनुगमन तिब्र बनाउन निर्देशनसमेत दिएकी छन् । मातहतका सुरक्षा प्रमुखहरुलाई बोलाएर उनले होटल रेस्टुरामा ग्राहक बसालेर खुवाउने व्यवसायीलाई तत्काल कारवाहीको दायरामा ल्याउन आदेश दिएकी हुन् ।

    भक्तपुर पोस्ट श्रोतका अनुसार प्रजिअ पाण्डेले कडा निर्देशन दिंदै भनेकी छन् ” मैले होटल रेस्टुरामा ग्राहक बसालेर खुवाएको पाएँ भने व्यवसायी मात्र होइन, सुरक्षा निकाय पनि कारवाहीको भागिदार हुन्छ ।” प्रजिअ पाण्डेको कडा निर्देशन संगै बिहीवार साँझबाटै प्रहरीहरु सक्रिय बनेका छन् । उनीहरुले व्यवसायीहरुलाई बिहीवार चेतावनी दिंदै अटेर गरी व्यवसाय गरे जेल हाल्ने सूचना समेत दिएको एक प्रहरी अधिकारीले बताए ।

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले कोभिड १९ संक्रमण नियन्त्रणका लागि कारवाहीलाई कडा गरिएको पुष्टि गरिन् । भक्तपुर पोस्ट संग कुरा गर्दै प्रजिअ पाण्डेले अनुगमनलाई तीब्र बनाउने बताउँदै होटल रेस्टुराँ मात्र नभई यो अवस्थामा प्रतिबन्धित गरिएको सबै खाले व्यवसाय संचालन हुनु नहुने स्पष्ट पारिन् । ”सुरक्षित रहेर होम डेलिभरी सेवाको लागि पो होटल खुला भनेको हो नि, ग्राहक नै बोलाएर खुवाउनु हुँदैन । यस्तोमा संक्रामक रोग नियन्त्रण ऐन आकर्षित हुन्छ र १ सय जरिवाना, १ महिला कैद वा दुवै सजाय हुन्छ ।” उनले भनिन् ।

    भक्तपुर पोस्ट श्रोतका अनुसार भने होटलमा खान जाने सेवाग्राहीलाई रु १ सय जरिवाना र खुवाउने व्यवसायीलाई १ महिना कैदको आन्तरीक तयारी जिल्ला प्रशासन कार्यालय भक्तपुरले गरेको छ । त्यसैगरी सैलुनमा कपाल काट्न जानेलाई १ सय जरिवाना र कपाल काट्ने व्यवसायीलाई १ महिना कैद गर्ने तयारी गरिएको श्रोतको दावी छ । व्युटिपार्लर, जिम खाना,खेलकुद क्लब, सभा सम्मेलन, सामुहिक पूजा र फुटपाथ ब्यापारमा पनि पूर्ण बन्देज लगाइने बताइएकाे छ । त्यतिमात्र होइन, खाद्यान्न र औषधी लगायतका अत्यावश्यक सामाग्रीको किनबेचमा पनि सामाजिक दुरी, हात धुने व्यवस्था लगायत सुरक्षा मापदण्ड पालना नगरेको पाइएमा कार्यस्थलमै कारवाहीको तयारीमा जिप्रका रहेको श्रोतले जनाएकाे छ ।

    पछिल्लो समय कोभिड संक्रमण दर बढेपनि मानिसहरुमा यसप्रतिको डर घटेका कारण संक्रमण नियन्त्रण चुनौतीपूर्ण बनेको देखिन्छ । संक्रामक रोग नियन्त्रणका लागि सिडिओलाई मूख्य जिम्मेवारी प्राप्त भएकोले सिडिओको सफलता र असफलतालाई पनि कोभिडसंग जोडिएर हेर्ने गरिएकाले सिडिओ कडा हुनुको बिकल्प छैन । भक्तपुरमा बिहीवार ५ जना संक्रमित थपिए संगै हालसम्म संक्रमितको संख्या १ सय २ पुगेको छ भने यसमध्ये ५३ जना संक्रमित सन्चो भई घर फर्किसकेका स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण बहादुर मिजारले जनाएका छन् ।

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...