News Portal

  • भक्तपुरस्थित सैनिक विद्यालयका पूर्वप्रमुख जबरासहित ३ कमान्डर बर्खास्त

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३२ साउन
    १४१२ पटक
    भक्तपुर, ३२ साउन

    भक्तपुरकाे सल्लाघारीस्थित सैनिक आवासीय विद्यालयका पूर्व प्रमुख समेत रहेका नेपाली सेनाका सहायक रथी प्रयोग जबरा सहित ३ जनालाई बर्खास्त गरिएको छ । सैनिक अदालतले सहायक रथी जबरा, महासेनानी नविन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई सेवाबाट बर्खास्त गर्ने फैसला गरेको हो ।

    नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आईतबार प्रेस विज्ञप्तिमार्फत उक्त फैसला सार्वजनिक गरेको छ । पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा कार्यरत रहँदा ‘सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर अभियोगमा उनीहरुलाई दोषी ठहर गर्दै बर्खास्त गर्ने फैसला भएको बताइएको छ । गत जेठमा भ्रष्टाचार अभियोगमा उनीहरुलाई नियन्त्रणमा लिएर सैनिक हिरासतमा रखिएको थियो । फैसलामा राणालाई १ करोड ७२ लाख र सिल्वाललाई १५ लाख रुपैयाँ जरिवाना समेत सुनाइएको छ ।

    अदालतले सहसेनानी लक्ष्मीकान्त खनाल, सुवेदार भोजबहादुर विष्ट र जमदार विनोद बस्नेतलाई एक तह घटुवा, प्राविधिक सहसेनानी फिरोज महर्जन र जमदार भद्रबहादुर शाहीलाई नसिहत र महासेनानी राजेन्द्रमणि गिरी र सुवेदार नवराज पाण्डेलाई सफाई दिने गरी फैसला गरेकाे समेत सेनाले विज्ञप्तिमार्फत जानकारि गराएको छ ।

    यस अघि सैनिक आवासीय विद्यालय भक्तपुरमा कार्यरत रहँदा गत जेठ महिनामा सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी मुद्दामा दोषी ठहरिएका ३ जना सैनिक अधिकृतसहित पांच जना लाई कारवाही गरिएको थियो ।

    कारवाही पर्नेमा महासेनानी भुपालमान अधिकारी, प्रमुख सेनानी देवबहादुर क्षेत्री र हुद्धा यज्ञराज पोखरेल, हुद्धा गणेशबहादुर अधिकारी, लेखा आ. सहसेनानी सुरेन्द्र विक्रम भण्डारी रहेका थिए । सोही मुद्दामा अन्य १३ जनाले भने सफाई पाएका थिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...