News Portal

  • भक्तपुर प्रवेश मार्गमा माेनिटर !

    हिना सुवाल / भक्तपुरपोस्ट भक्तपुर, ३२ साउन
    १५८८ पटक
    भक्तपुर, ३२ साउन

    विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ रोगका कारण उत्पन्न अवस्थालाई मध्यनजर गर्दै भक्तपुर नगर प्रवेश गर्ने मुख्य नाकाहरूमा आगन्तुकको आवश्यक निगरानी र विवरण संकलनका लागि भक्तपुर नगरपालिकाले माेनिटर कर्मचारीहरू खटाउने भएको छ ।

    नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा आइतवार पर्यटक सेवा केन्द्रका कर्मचारीहरू सम्मिलित बैठकले उक्त निर्णय लिएको हो ।

    ”आइतबार बसेको बैठकले नगर प्रवेश गर्ने १३ नाकाहरूमा विशेष सावधानीका साथ नगर प्रवेश गर्नेहरूको विवरण संकलन र आवश्यक निगरानी गर्ने निर्णय ग¥यो । भोलि भदौ १ गतेबाट नगरपालिकाका कर्मचारीहरू ती क्षेत्रहरूमा परिचालित हुन्छन् ।” नगरपालिकाका मेयर सुनिल प्रजापतिले भने । नगर प्रवेश गर्ने मुख्य नाकाहरू सल्लाघारी—नगरकोट सडक, कासान पुल, वन्ती, यातुमहादेव स्थान, शारदा क्याम्पस, गोसँ पुल, नाला सडक, थुसाचा, हनुमानघाट, भेलुखेल, राममन्दिर, बाराही र दूधपाटी लगायतका स्थानमा कर्मचारीलाई आगन्तुक निगरानीका लागि तैनाथ गरिने उनले जानकारी गराए  ।

    बैठकमा नगर प्रमुख प्रजापतिले संसारका ठूला र शक्तिशाली देशहरू समेत कोरोनाको महामारी नियन्त्रण गर्न असफल भइरहेको विषम् परिस्थितिमा नेपालमा ‘महामारी फैलिन’ अघि नै समाजलाई सचेत र सुरक्षित बनाउनुपर्ने आवश्यकता अैाल्याएका थिए ।

    कोभिड १९ को महामारी नियन्त्रणमा समाजवादी देश र पुँजीवादी देशबीच भिन्न–भिन्न अनुभव रहेको बताउदै नगर प्रमुख प्रजापतिले समाजवादी देशहरूमा सरकारको जनताप्रतिको जिम्मेवारीबोधका कारण कोभिड १९ को संक्रमण नियन्त्रण गर्नमा सफलता प्राप्त गरेको जिकिर गरे ।

    उक्त अवसरमा भक्तपुर नगरपालिका वडा नं.९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व, ७ का वडाध्यक्ष उकेश कवांले ,भक्तपुरका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ र पर्यटक सूचना केन्द्रका प्रमुख गौतमप्रसाद लासिवाले कोरोना संक्रमण फैलिन नदिन सबैजना सक्रियतापूर्वक लाग्नुपर्नेमा जोड दिएका थिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...