News Portal

  • मन्त्री दुलालद्वारा भक्तपुर अस्पतालको आइसोलेसन सेन्टर अनुगमन, ५ सय वेडको बनाउन निर्देशन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ६ भदौं
    ३३३१ पटक
    भक्तपुर, ६ भदौं

    बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री युवराज दुलाल ‘शरद’ ले भक्तपुर स्थित आइसोलेसन सेन्टरको अनुगमन गरेका छन् । कोभिड १९ बिरामीको उपचार गर्न प्रदेश मन्त्रालय मातहतको भक्तपुर अस्पतालले तयार पारेको आइसोलेसन सेन्टरको मन्त्री दुलालले अनुगमन गरेका हुन् ।

    शनिवार बिहान उनले दुधपाटीस्थित भक्तपुर अस्पताल परिसर र खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा बनाइएको आइसोलेसन सेन्टरको अनुगमन गरेका थिए । अस्पतालका अध्यक्ष मिलन सुवाल र मेडिकल सुपरिटेण्डेण्ट डा सुमित्रा गौतमले मन्त्री दुलाललाई दुधपाटी र खरीपाटीस्थित आइसोलेसन सेन्टरको स्थलगत अवलोकन गराएका हुन् ।

    उक्त अवसरमा अध्यक्ष सुवालले प्रदेश सरकारको निर्देशन बमोजिम दुधपाटीमा ३० वेड र खरीपाटीमा २०८ बेड गरी २३८ वेड तयार गरिएको जानकारी गराएका थिए । आइसोलेसन सेन्टरमा हाल १२ जना कोभिड १९ संक्रमित बिरामीहरुको उपचार भैरहेको समेत सुवालको भनाइ छ । दुधपाटीस्थित अस्पतालमा ४ जना र खरीपाटीस्थित आइसोलेसन सेन्टरमा ८ जना बिरामी राखिएको उनले बताएका हुन् ।

    उक्त अवसरमा मेसु डा सुमित्रा गौतमले आइसोलेसन सेन्टरमा रहेका कोभिड १९ संक्रमितहरुको अवस्था र उपचार प्रक्रियाबारे मन्त्री दुलाललाई ब्रिफिंग गरेकी थिइन् । अस्पतालले आफ्ना सबै ओपिडी सेवा स्थगित गरी कोभिड १९ उपचारमा केन्द्रित भएको भन्दै उनले यस विषम परिस्थितिमा आफूहरु उच्च मनोबलसाथ कोभिड १९ संक्रमितको उपचार सेवामा समर्पित भएको भनेकी थिइन् ।

    स्थलगत अवलोकन पछि मन्त्री दुलालले भक्तपुर अस्पतालले तयार पारेको आइसोलेसन सेन्टरले कोभिड १९ संक्रमित बिरामीलाई उपचारमा सहज हुने बिश्वास व्यक्त गरे । उनले वेड थप गरी आइसोलेसन सेन्टरलाई तत्काल ५ सय बेडमा बिस्तार गर्न निर्देशन दिंदै कोही पनि संक्रमित उपचार सेवाबाट बन्चित हुने अवस्था आउन नदिन सचेत गराए । सानो लडाईमा पनि ठूलो खजाना बोकेर हिड्नुपर्ने आवश्यकता औल्याउदै मन्त्री दुलालले कोभिड १९ को सम्भावित संक्रमणको अवस्थालाई ध्यानमा राखी आइसोलेसन बेड यथासक्य बढाउनुपर्ने बताएका हुन् ।

    कोभिड १९ बिरुद्धको लडाइमा स्वास्थ्यकर्मीहरु सेनाको भूमिकामा भएको भन्दै उनले कोभिड १९ संगको लडाई जित्न स्वास्थ्यकर्मीहरुमा साहस र दुरदर्शीता हुनुपर्नेमा जोड दिएका थिए । कोभिड १९ संगको लडाईमा बजेटको चिन्ता नगर्न आस्वासन दिंदै उनले स्वास्थ्यकर्मीहरुका गुनासा र समस्याप्रति पनि सरकार सचेत रहेको र उनीहरुलाई उच्च मनोबलका साथ् काम गर्ने बातावरण बनाउने प्रतिबद्धता प्रकट गरेका थिए ।

    उक्त अवसरमा मन्त्री दुलालले अस्पताल सघन उपचार कक्ष (आइसीयु) संचालनमा सक्षम भएकोमा बर्तमान नेतृत्व र अस्पताल परिवारप्रति सन्तोष व्यक्त गरेका थिए । गत फागुनमा उनले अस्पताललाई आइसीयुयुक्त बनाउने प्रतिबद्धता प्रकट गरेसंगै तीन वटा भेन्टिलेटरसहित ५ बेडको आइसीयु कक्ष तयार भएको छ भने त्यसका लागि आवस्यक जनशक्ति यसै महिना पदपूर्ती गरिसक्ने गरी बिज्ञापन भैसकेको छ । तत्कालका लागि भने आफ्नो उपलब्ध जनशक्ति र मानव अंग प्रत्यारोपण केन्द्र तथा भक्तपुर क्यान्सर अस्पतालका डाक्टर समेत प्रयोग गर्नेगरी आइसीयु संचालन भएको मेसु सुमित्रा गौतमले जनाएकी छन् । मन्त्री दुलालले थप २ भेन्टिलेटर समेत प्रदेश सरकारले भक्तपुर अस्पताललाई छुट्याइसकेको जानकारी दिंदै केहि दिन भित्रै ती भेन्टिलेटर उपलब्ध हुने बताएका छन् । अस्पताललाई दक्ष जनशक्ति र उपकरणयुक्त बनाउन प्रदेश सरकारले सक्दो सहयोग गरिरहने उनको भनाइ छ ।

    वीर अस्पताल पछिको दोश्रो पुरानो अस्पताल भएपनि भौतिक पूर्वाधार र मेडिकल सुविधाको हिसावले पछि पारिएको र सरकारी अस्पतालको रुपमा भक्तपुरमा समेत हेपिएको भक्तपुर अस्पताल यतिबेला वर्तमान अस्पताल विकास  समितिको कुशल नेतृत्व र अस्पतालको योग्य प्रशासनिक नेतृत्वका कारण कोभिड १९ बिरुद्ध सशक्त भूमिकामा रहेर भक्तपुरवासीको स्वास्थ्य सुरक्षाको लागि अहोरात्र लागिपरेको छ ।अस्पताल संचालनको ११६ वर्षपछि यस अस्पताल आइसीयु सेवा दिन समेत सफल भएको छ । यसको सफलताको प्रत्येक पाइलामा अस्पताल नेतृत्वका साथै प्रजिअ हुमकला पाण्डे, भक्तपुर नगरपालिका, जिल्ला समन्वय समिति र बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री युवराज दुलाल ‘शरद’ को सकारात्मक पहल जोडिएको देखिन्छ ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...