News Portal

  • यी हुन् भक्तपुरमा शनिवार संक्रमित क्षेत्र

    संजीप शुभचिन्तक/ भक्तपुरपोस्ट
    ३४५६ पटक

    शनिवार भक्तपुरमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । हालसम्मकै धेरैजना संक्रमित शनिवार थपिएका हुन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुरमा ५० जना संक्रमित थपिएको जनाएको हो । यो संख्या हालसम्मकै उच्च हो । मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिंगमा उक्त तथ्याङ्क सार्वजनिक गरेका छन् ।

    भक्तपुर स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले भने सार्वजनिक भएका ५० जना सबै भक्तपुरबासी स्थानीय समुदायका नभएका बताए । उनका अनुसार भक्तपुर बस्ने २९ जना संक्रमित पुष्टि भएका छन् भने बाँकी भक्तपुरस्थित एक सस्थामा काम गर्ने संगठितरुपमा रहने स्टाफ हुन् । उनीहरुको यहाँस्थित सस्थामा गरिएको स्वाब संकलन पछि परीक्षण गर्दा कोरोना पोजेटिभ पुष्टि भएको बताइएको छ ।

    भक्तपुर पोस्ट श्रोतका अनुसार शनिवार संक्रमित हुनेमा भक्तपुर सल्लाघारीका एक १६ वर्षीय युवक देखि थिमीका एक ८९ वर्षीय बृद्ध समेत रहेका छन् । संक्रमित मध्ये १० जना महिला रहेका बताइएको छ ।

    शनिवार भक्तपुर नगरपालिकाको बोलाछें,भार्वाचों,दुधपाटी, सल्लाघारी लगायत क्षेत्रका मानिस संक्रमित पुष्टि भएका छन् भने सूर्यविनायक नगरपालिकाको सूर्यविनायक र बाराहीस्थानमा संक्रमित देखिएका जानकारी प्राप्त भएको छ । त्यसैगरी आज मध्यपुर थिमीको कौसलटारमा मात्र सर्वाधिक ६ जनामा संक्रमण देखिएको छ भने ठिमी,नयाँ बजार, बोडे र धुन्चेपाखामा पनि संक्रमित पाइएका छन् । संक्रमित मध्ये बहुसंख्यक मानिसहरु जिल्लाका स्थायी बासिन्दा हुन् । शनिवारको संक्रमित तथ्यांकमा चाँगुनारायण नगरपालिकाका मानिसहरु छैनन् ।

    ३० बैशाखमा भक्तपुरमा कोभिड १९ को पहिलो केस देखिएको थियो । रामेछाप स्थायी घर भै चाँगुनारायण नगरपालिका  दुवाकोट बस्ने एक २७ वर्षीय सशस्त्र प्रहरी जवान एवं सुनसरी स्थायी घर भै मध्यपुर ठिमी ९ बस्ने एक स्टाफ नर्स संक्रमित भएका थिए ।

    ३० बैशाखमा संक्रमण शुरु भएको भक्तपुर १७ जेठमा भने सबै संक्रमित सन्चो भै कोरोनामुक्त भएको थियो । त्यसयता न्युन मात्रामा संक्रमित देखिदै आएकोमा साउनमा लकडाउन खुलेसंगै संक्रमित भक्तपुरमा पनि बढ्नेक्रम शुरु भएको थियो । हालसम्म भक्तपुरमा कोरोना संक्रमितको संख्या २ सय नाघेको छ ।

    कोभिड १९ का कारण भक्तपुरमा २ जनाले ज्यान गुमाएका छन् ।भक्तपुरको सूर्यविनायक निवासी ६१ वर्षीया महिलाको कोरोना पुष्टि भएको १४ दिनपछि गत बुधवार बिहान ज्यान गएको थियो  भने शनिवार एक ७३ वर्षीय बृद्धले पनि ज्यान गुमाएका छन् । उनी मृगौला सम्बन्धी रोगले समेत ग्रसित थिए ।

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले कोरोना रोकथाम र नियन्त्रणका लागि गत बुधबारदेखि एक सातासम्म रहने गरी १७ बुंदे निषेधाज्ञा जारी गरेकी छन् । सडकमा अत्यावश्यक बाहेकका सवारी साधन चलेका छैनन् भने मानिसहरुको आवतजावतमा पनि कडाई गरिएको छ । मानिसहरुले सचेतता नअपनाए निषेधाज्ञाले मात्र कोरोनालाइ निषेध गर्न सकिने अवस्था छैन । भक्तपुरकी प्रजिअ पाण्डेले निषेधाज्ञा उल्लङ्घन गर्ने जोकोहीलाई कारवाही गर्ने भन्दै सो सम्बन्धी सूचना भए आफूलाई प्रत्यक्ष टेलिफोन अथवा इमेलमार्फत सुचित गर्न भक्तपुर पोस्ट मार्फत आह्वान समेत गरेकी छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...