News Portal

  • भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण सहलगानीमा

    ७६७ पटक

    काठमाडौं, १० भदौ । लामो समयदेखि चर्चामा रहेको पोष्टबहादुर बोगटी (भीमफेदी–कुलेखानी) सुरुङमार्ग संघीय सरकार र बागमती प्रदेश सरकारको सहलगानीमा निर्माण हुने भएको छ ।

    कम समय र खर्चमा संघीय राजधानी काठमाडौँ र बागमती प्रदेश राजधानी हेटौँडा आवतजावत गर्न सकियोस् भन्ने उद्देश्यसहित अगाडि सारिएको उक्त सुरुङमार्गको निर्माणका लागि सहलगानीको ढाँचा तय गर्न समिति निर्माण गरी काम अगाडि बढाइएको छ ।

    बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारको गौरव आयोजनाका रूपमा रहेको काठमाडौँ–हेटौंडा सुरुङमार्गको निर्माण सहलगानीमा गर्न संघीय सरकार र प्रदेश सरकारबीच सहमति भएको जानकारी दिए ।

    “सुरुङमार्ग निर्माणका लागि केन्द्र र प्रदेश सरकारको सहमति छ,” उनले भने, “संघीय सरकारले नै लगानी गर्ने भइसकेपछि उक्त सुरुङमार्ग निर्माण कार्य अगाडि बढ्नमा अब कुनै द्विविधा रहेन ।”

    बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षको बजेटमा समेत उक्त सुरुङमार्गको निर्माण कार्य संघीय सरकारको सहलगानीमा अगाडि बढाउने उल्लेख गरेको छ ।
    रणनीतिक महत्वको सो आयोजनालाई अगाडि बढाउन संघ र प्रदेशबीच हुने सहलगानीको ढाँचा तय गर्न संघीय सरकार र प्रदेश सरकारका पदाधिकारी सम्मिलित एक समिति गठन गरी कामसमेत अगाडि बढाइएको उनले जानकारी दिए । गोरखापत्र दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...