News Portal

  • सानोठिमी र बोडेमा २ सय शैयाको क्वारेन्टाइन : अवरोध गर्नेलाई ६ महिना कैद !

    संजीप शुभचिन्तक भक्तपुर, १२ भदाै
    १४२७ पटक
    भक्तपुर, १२ भदाै

    भक्तपुरमा करिब २ सय शैयाको क्वारेन्टाइनस्थल पहिचान गरिएको छ । कोभिड १९ संक्रमणको जोखिम बढ्दै गएपछि थप २ सय शैयाको क्वारेन्टाइनस्थल पहिचान गरिएको हो ।

    सानोठिमी र बोडेमा थप २ सय शैयाको क्वारेन्टाइन बनाइने भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताएकी हुन् ।सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद (सीटीइभीटी) अन्तर्गतको प्राविधिक प्रशिक्षण प्रतिष्ठान(टिआइटिआइ) र सानोठिमीकै युसेफ नेपालको होस्टललाई क्वारेन्टाइन बनाइने प्रजिअ पाण्डेले प्रष्ट पारिन् । त्यसैगरी बोडेस्थित कृषी बिकास बैंकको तालीम केन्द्रमा पनि क्वारेन्टाइनस्थल बिस्तार गरिने उनले जानकारी गराइन् ।

    पछिल्लो समय भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा कोरोना संक्रमण अधिक देखिएको छ । कोरोना जोखिम नियन्त्रणका लागि सोही नगरपालिकामा करिब २ सय सैयाको क्वारेन्टाइनस्थल पहिचान भएको हो । यद्यपी त्यसलाई एकीकृत क्वारेन्टाइन बनाइने र जिल्लाभरीकै सम्भावित संक्रमितहरुलाई त्यहाँ राखिने प्रजिअ पाण्डेको भनाइ छ । उनले संक्रमितको संख्या बढेको खण्डमा क्वारेन्टाइनलाई आइसोलेसनमा रुपान्तरण गरी उपचार गरिने समेत प्रष्ट पारिन् ।

    बोडेस्थित कृषी बिकास बैंकको तालीम केन्द्रले जनाए अनुसार प्रजिअ पाण्डेको निर्देशनपछि कोठामा रंगरोगन थालिएको छ भने धारा, बिजुली र शौचालयको आवस्यक मर्मतसम्भार गरिएको छ । सानोठिमीको टिआइटिआइले भने शैक्षिक सस्थामा क्वारेन्टाइन नबनाइदिन अनुरोध गरेको एक कर्मचारीले बताए । यस विषयमा संस्थाका कार्यकारी निर्देशक अकिम श्रेष्ठसंग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । सीटीइभीटीका सदस्य सचिव डा पुष्परमण वाग्लेले भने महामारीको समयमा आफूहरु राज्यलाई सहयोग गर्न तयार नै रहेको प्रतिक्रिया दिएका छन् । आफूलाई यस विषयमा धेरै थाहा नभएको भन्दै उनले सिडिओबाट प्रस्ताव आएको भने स्वीकार गरे । ”यो बेला पनि तालीम चलिरहेको भन्ने छ । सम्भव भएसम्म क्वारेन्टाइन कायम नगरौ भन्ने कुरा हो तर राज्यले यसैलाई उपयुक्त ठान्छ भने हामीले असहयोग गर्ने कुरा हुँदैन ।” भक्तपुरपोस्ट संग उनले भने ।

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भने कुनै पनि सरकारी अधिकारीले क्वारेन्टाइनमा अवरोध गर्न नहुने जिकिर गरिन् । अवरोध गर्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार छ महिना कैद, छ सय रुपियाँ जरिवाना वा दुवै सजाय हुने उनको भनाइ छ ।

    भक्तपुरमा हालसम्म खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालीम केन्द्रमा कोभिड १९ को क्वारेन्टाइन र आइसोलेसनका लागि २०८ बेड रहेका छन् भने भक्तपुर अस्पतालमा भेन्टिलेटरयुक्त ८ सहित ३० बेड व्यवस्थापन गरिएको प्रजिअ हुमकला पाण्डेले जानकारी गराइन् । सानोठिमी र बोडेमा २ सय बेड बिस्तारसंगै सम्भावित संक्रमितकाे ब्यवस्थापनमा ठूलो राहत मिल्ने उनले बिश्वास व्यक्त गरिन् । ‘दुई तीन दिन भित्रै यहाँ क्वारेन्टाइन संचालन गर्छौं यसले सम्भावित संक्रमितकाे ब्यवस्थापनमा ठूलो राहत मिल्नेछ ।’ उनले भनिन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिको सिन्दुर जात्रा र जिब्रो छेड्ने जात्रा सम्पन्न, सुजनले दोश्रो पटक छेडे जिब्रो

    भक्तपुरको मध्यपुर थिमि नगरमा सिन्दुर जात्रा सम्पन्न भएको छ । बिस्का जात्राकै अवसरमा मध्यपुरमा बैशाख...

    महोत्सव समापनमा भक्तपुरका पत्रकार ढकाललाई सम्मान

    भक्तपुर । जिल्लामा लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् ।...

    लेखक खाइजूको भोगाइमा आधारित यमलोक यात्रा सार्वजनिक

    लेखक श्रीराम खाइजूको सातौं कृति  सार्वजनिक भएको छ ।  खाइजूको आफ्नै जीवन संस्मरण समेटिएको पुस्तक...

    सडकमा उत्रियो गठ्ठाघरको नवदुर्गा महिला समुह

    सरसफाइ केन्द्रीत अभियान चलाइरहेको राष्ट्रको लागि दुई घण्टा अभियान लोकप्रिय बन्दै जाँदा भक्तपुरमा सरसफाइ अभियानकै...

    सार्वजनिक स्थल सफाइमा सक्रिय हुँदै गठ्ठाघरको नवदुर्गा महिला समुह

    सरसफाइ केन्द्रीत अभियान चलाइरहेको राष्ट्रको लागि दुई घण्टा अभियान लोकप्रिय बन्दै जाँदा भक्तपुरमा सरसफाइ अभियानकै...