News Portal

  • मृत्युपछि पनि कोरोना रिपोर्ट सजिलै पाउँदैनन् आफन्तहरू !

    ८०५ पटक

    काठमाडौं, १३ भदौ । कोरोना भाइरस संक्रमणको अवस्था पत्ता लगाउन आरटी-पिसिआर प्रविधिबाट गरिने परीक्षणको रिपोर्ट समयमा नआउँदा आफन्तलाई सकस हुने गरेको छ ।

    बिरामीको मृत्यु भए पनि समयमा रिपोर्ट नआउँदा आफन्तहरू त्रासमा पर्ने गरेका छन् । मुख्यतः अस्पतालमा राम्रो वातावरण नहुने र मृत्युपछि ढिलो रिपोर्ट आउँदा संक्रमण देखिए ट्रेसिङमा समस्या हुने गरेको आफन्तहरूको गुनासो छ ।

    उदयपुरका ५२ वर्षीय एक पुरुषको गत ९ भदौमा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भयो । सोही दिन बिहानै उनको स्वाब लिइएको थियो । तर, उनको पिसिआर परीक्षणको रिपोर्ट तीन दिन पछि १२ गते शुक्रबार आयो । उनका एक आफन्तले भने, ‘के गर्नु रिपोर्ट बल्ल आयो । हामी यही अस्पतालमै बस्यौं । हारगुहार गर्दा पनि समयमा रिपोर्ट पाएनौं ।’

    ज्वरोको लक्षण देखापरेपछि उनलाई उदयपुरमा सामान्य उपचारपछि त्रिवि शिक्षण अस्पताल ल्याइएको थियो । त्रिवि शिक्षण अस्पताल महाराजगन्जले सुरुमा कोरोना परीक्षण गर्न नमानेको आफन्तको गुनासो छ ।

    रिपोर्ट समयमा नपाउँदा आफन्तहरू मानसिक रूपमा विक्षिप्त हुने गरेका छन् । देशभर अधिकांशको मृत्युपछि मात्रै कोरोना परीक्षण भई रिपोर्ट आउने गरेको छ ।
    स्वाब संकलन गरिए पनि रिपोर्ट ढिलो आउँदा आफन्तहरू प्रताडित हुने गरेका छन् । गुल्मीमा केही महिनाअघि मृत्यु भएका मृतकका एक आफन्तले भने, ‘मृत्यु त भयो तर स्वाब संकलन गरेको झन्डै एक हप्तामा रिपोर्ट आयो । हामी निकै तनावमा थियौं ।’ राजधानी दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...