News Portal

  • कोरोना त्रासका बीच उपमेयर खड्गी नेतृत्वको टोली बजार अनुगमनमा व्यस्त

    बुद्धशरण शाही/ भक्तपुरपोस्ट काठमाडाै्, १४ भदौ
    ८६३ पटक
    काठमाडाै्, १४ भदौ

    काठमाडाैंकाे कुलेश्वर स्थित एक खाद्यान्नको थोक बिक्रेता महानगरको फन्दामा परेका छन् ।उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ नेतृत्वको उपभोक्ता हित संरक्षण समिति अनुगमन टोलीले छड्के जाँच गरी खाद्य सामाग्री बिक्री गर्न रोक लगाएको हो ।

    यसरी कारवाही पर्नेमा जय माँ दूर्गा ट्रेडर्स रहेको छ । ट्रेडर्सबाट उत्पादकको नाम, उत्पादन मिति, मूल्यलगायत आधारभूत विवरणसमेत उल्लेख नभएको खाद्य सामाग्री बिक्री गरी ढुवानीका लागि तयार गरिएको अवस्थामा ५ बोरा हरियो केराउसहित २ सय बोरा केराउ, १ सय बोरा चालम र २० बोरा भटमास नियन्त्रणमा लिइएको छ । उपमेयर हरिप्रभाले शंकास्पद अवस्थामा बस्तु बिक्री गरेको देखिएकोले यस्ता खाद्य सामाग्री बिक्री गर्न रोक लगाएको जानकारी दिएकी छन् ।

    उत्पादक कम्पनिको नाम, उत्पादन मिति, मूल्यलगायत आधारभूत विवरणसमेत नराखी २ सय सादा पहेँलो बोरामा बिक्रीका लागि राखिएका केराउ, उत्पादन मिति मेटिएका बालाजी प्याकेजिङ्का करीब १ सय बोरा आजतक ब्राण्डका चामल र क्यानडाबाट आयात गरिएको २० बोरा भटमासलगायतका सामानको गुणस्तर, व्यापार मापदण्ड, कर भुक्तानी, व्यवसाय दर्ता र नविकरण भएको प्रमाणसहितका कागजात पेश नगरुञ्जेलका लागि बिक्रीमा प्रतिवन्ध लगाइएको उनको भनाइ छ ।

    बनेपाको एविसि खाद्य स्टोरका लागि ट्रेडर्सले पिकअप गाडीमा राखेर यी सामान पठाउन लागेको थियो । खाद्य सामाग्रीमा हुनुपर्ने आधारभूत मापदण्ड नभए पछि अनुगमनकै क्रममा ती सामान गोदाममा फिर्ता गराइएको छ ।

    महानगरपालिकाले ट्रेडर्ससँगै आइतबार कुलेश्वर क्षेत्रका खाद्यका थोक पसलहरुको अनुगमन गरेको हो । त्यस क्रममा विभिन्न दैनिक उपभोग्य खाध्य सामग्री दाल, चामल, गेडागुडीको भण्डारण, खरिद बिक्री बिल, तौल, मूल्य, गोदामको अवस्था जाच गरिएको थियो । सो क्षेत्रमा केहि पसलहरु बन्द रहेपनि अनुगमन टोलीले सडकमा खाद्यान्न ढुवानी गरेर आएका सवारीमा राखिएको सामानको गुणस्तर र सम्भावित चुवाहटको समेत जाँच गरेको थियो ।

    अनुगमनपछि कसले के भने ?

    अनुगमनपछि प्रतिक्रिया दिँदै उपमेयर खड्गी श्रेष्ठले भनिन् — ”खाद्य गुणस्तरमा ध्यान पु¥याउन सकिएन भने रोगसँग लड्ने क्षमता घट्छ । हुन त गुणस्तरमा कहिल्यै पनि समस्या आउन दिनु हुँदैन । बिषम परिस्थितिमा त झन् चनाखो हुनुपर्छ । उहाँले थप्दैभन्नुभयो — सबैले गलत गरेका छन् भन्ने होइन, जटिल अवस्थामा जोखिम मोलेरै भए पनि सामाग्री ढुवानी गरेकाकारण सहरी जीवन सरल भएको छ । तर, बिषम परिस्थितिको फाइदा उठाउनेबाट भने बच्नै पर्छ । यसका लागि हामी अनुगमनलाई नियमित गर्छौं ।”

     कृषि बिभागका प्रमुख हरिबहादुर भण्डारीले भने — ”लेबल नटाँसिएका, टाँसे पनि अक्षर मेटिएका र नबुझिने, ढक तराजु, पसलको दर्ता नविकरण अद्यावधिक नगरिएका, कर चुक्तालाई नियमति गर्न बाँकी भएको जस्ता समस्या धेरै जसोमा देखिएका छन् । यी सबैलाई कारवाहीको दायरामा ल्याउँछौ. ।”

     उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधब तिमिल्सेनाले भने — ”सामानको लागत मूल्य एकिन नहुँदा अधिकतम् मूल्यसम्ममा आइपुग्दा उपभोक्ताभन्दा बीचको तहले फाइदा उठाएका छन् । उपभोक्ता अधिकारका कोणबाट यही प्रणालीमा समस्या छ । बिल नै जारी नगरी खरिद बिक्री गर्दा व्यापारमा बिकृति मौलायो ।”

    अनुगमनका क्रममा प्राय: ब्यापारीहरुले सामानको तौल र लेबलका बिषयमा ध्यान दिन नसक्नु, व्यवसाय दर्ता र नविकरणमा ध्यान नदिनु, मूल्य सूची नराख्नु, खरिद बिक्री जारी नगर्नु कालीमाटी चोकमा रहेका खाद्यपसलहरुको साझा कमजोरी देखियो । म्याद सकिएका सामाग्री के गर्नुहुन्छ? प्रश्नको स्पष्ट उत्तर दिन नसक्नु व्यापारीहरुको अर्को कमजोरी देखिएकाे थियाे ।

    महानगरको उपभोक्ता हित समितिले अहिले तरकारी, खाद्य, दूग्ध पदार्थ तथा मासुजन्य सामाग्रीको बजार अनुगमन गरिरहेको छ । यस अघि कालीमाटी र बल्खु तरकारी बजार हेरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...