News Portal

  • आन्तरिक उडान तथा लामोदुरीका यातयात भदौ मसान्तसम्म स्थगित

    ६२० पटक

    काठमाडौं, १५ भदौ । सरकारले आन्तरिक उडान तथा लामोदुरीका यातयात भदौ मसान्तसम्म स्थगित गर्ने निर्णय गरेको छ । यसअघि भदौ १५ गतेदेखि हवाई उडान खोल्ने तयारी सरकारले गरेको थियो । कोरोना संक्रमण झन बढ्दै गएपछि मसान्तसम्म उडान स्थगित गर्ने निर्णय लिनुपरेको सरकारका एक मन्त्रीले जानकारी दिनुभयो ।

    आइतबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रि परिषद बैठकले सो निर्णय गरेको हो । अन्तर्राष्ट्रिय उडान भने शर्तसहित कायमै राख्ने सरकारले भनेको छ । कुनै हवाई कम्पनीले कोभिड १९ संक्रमणका लागि पीसीआर टेष्ट, होटल क्वारेन्टाइन सहितको खर्च व्यवस्थापनको जिम्मा लिएमा बाहिरबाट यात्रु ल्याउन सकिने बाटो सरकारले खुला राखेको छ ।

    त्यस्तै, मन्त्रि परिषद बैठकले हङकङका लागि उदय राना र ल्हासाका लागि नवराज ढकाललाई महावाणिज्य दूत नियुक्त गर्ने निर्णय पनि गरेको छ । गोरखापत्र दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...