News Portal

  • बहराइनका राजकुमारसहित १८ जनालाई हिमाल चढ्न आउन अनुमति

    १०४१ पटक

    काठमाडौं, १६ भदौ । सरकारले बहराइनका राजकुमारलाई नेपालको हिमाल चढ्नका लागि आउन अनुमति दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको निर्णय सोमबार सार्वजनिक गर्दै अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयले स्वीकृत गरेको स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्ने गरी चार्टर फ्लाइटबाट नेपाल आउन दिने निर्णय गरेको बताए ।

    उनका अनुसार सेप्टेम्बर १५, २०२० पछि बहराइनका राजकुमारसहित १५ जना बहराइनी र ३ जना ब्रिटिस नागरिक गरी १८ जनाको टोली लोबुचे र मनास्लु हिमाल आरोहण गर्न आउन लागेका हुन् ।

    खतिवडाका अनुसार गैरआवासीय नेपाली, नेपालमा अध्ययन गर्न र परीक्षा दिन आउने विदेशी विद्यार्थीलाई पनि ७२ घण्टाभित्रको आरटी–पीसीआर प्रमाणपत्रका आधारमा आउन अनुमति दिइने छ । सरकारले बाह्य उडानको व्यवस्था गर्दा आइसोलेसन बेडको क्षमता हेरेर दैनिक ८ सय यात्रु नबढ्ने गरी आउन पाउने निर्णय गरेको छ । अन्नपूर्ण पोस्ट्

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...