News Portal

  • कोटेश्वर–जडीबुटी सडक विस्तार सुरु

    ८४६ पटक

    काठमाडौं, १६ भदौ । राजधानीको कोटेश्वर–जडीबुटी सडक विस्तार सुरु भएको छ । सो सडकखण्ड विस्तार भएसँगै लामो समयसम्म जाम हुने अवस्थाको अन्त्य हुने सरकारको विश्वास छ ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले सोमबार सडक विस्तार स्थल पुगी निर्धारित समयमा नै काम सम्पन्न गर्न निर्देशन दिएका छन् । साथै उनले जामको दीर्घकालीन समाधान गर्न सरकारले यस क्षेत्रमा ‘अण्डरपास तथा फ्लाइओभर’ निर्माणका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग –जाइका) सँग सहकार्य गर्ने तयारी गरिरहेको जानकारी दिए ।

    राजधानी भित्रिने मुख्य पूर्वी नाकाका रूपमा रहेको कोटेश्वर–जडीबुटी सडक विस्तार कार्य सुरु भई ट्र्याक खोल्ने काम भइरहेको डिभिजन सडक कार्यालय, काठमाडौंका प्रमुख कुबेर नेपालीले जानकारी दिए । सो सडकखण्डको कुल लम्बाइ पाँच सय मिटर रहेको छ ।

    ‘‘अबको एक हप्ताभित्र ट्र्याक खोल्ने काम सम्पन्न हुनेछ, त्यसलगत्तै सडक कालोपत्रेका लागि बोलपत्र आह्वान गरिनेछ” उनले थपे, ‘‘कात्र्तिकभित्र ठेक्का प्रक्रिया सम्पन्न हुनेछ र त्यसको छ महिनाभित्र विस्तारका सबै कार्य सम्पन्न हुनेछ ।”

    उक्त सडक विस्तारका लागि अब कुनै पनि बाधा अवरोध नरहेको स्पष्ट पार्दै उनले विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) का साथै जग्गा अधिग्रहणको कामसमेत सम्पन्न भइसकेको जानकारी दिए ।

    उनका अनुसार उक्त सडकखण्ड विस्तारका लागि सडकको उत्तरतिर एक लेन र दक्षिणतिर तीन लेन विस्तार गर्ने गरी जग्गा अधिग्रहण गरिएको हो । यो सडक खण्डको विस्तार कार्य कुल १२ करोड रुपियाँ लागतमा भइरहेको छ भने साढे सात रोपनी जग्गा अधिग्रहण गरिएको छ । गोरखापत्र दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...