News Portal

  • सुरु भयो अन्तर्राष्ट्रिय उडान

    १२०८ पटक

    काठमाडौं, १७ भदौ । कोभिड–१९ सङ्क्रमण नियन्त्रण स्वरूप गत चैत ४ देखि बन्द नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । मङ्गलबार राति १ः०० बजे नेपाल वायु सेवा निगमको वाइडबडी जहाज जापानको नारिता उडेसँगै रोकिएको नियमित उडान सुरु भएको हो ।

    सरकारले भदौ १६ देखि सीमित सङ्ख्यामा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत हप्ता मात्रै नियमित अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक गरेको थियो । मन्त्रालयले तत्काल सेप्टेम्बर सम्मका लागि ५८ वटा नियमित उडानको तालिका बनाएको छ ।

    सार्वजनिक गरिएको तालिकाअनुसार हरेक दिन दुईवटा नियमित अन्तर्राष्ट्रिय उडान हुनेछन् । जसमध्ये २९ उडान स्वदेशी अन्तर्राष्ट्रिय उडान सेवा प्रदायक निगम र हिमालय एयरलाइन्सको हुनेछ । बाँकी विभिन्न देशका अन्तर्राष्ट्रिय सेवा प्रदायकको हुने गरी तालिका सार्वजनिक गरिएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यसअघि दैनिक पाँच सयभन्दा बढी यात्रु ल्याउन नपाउने सीमालाई बढाएर आठ सयसम्म यात्रु ल्याउने निर्णय गरेको छ । यसै समयमा भइरहेको उद्धार उडानसमेत जोडेर सो सङ्ख्यामा यात्रु ल्याउन सक्ने सरकारको निर्णय छ । मन्त्रालयले नियमित अन्तर्राष्ट्रिय उडानसँगै सार्वजनिक गरेको तालिकाअनुसार सेप्टेम्बरभर २७ वटा उद्धार उडान हुनेछन् ।

    नियमित अन्तर्राष्ट्रिय उडानका लागि सरकारले केही विशेष नियम पनि बनाएको छ । यस्तो उडानका लागि यात्रुले ७२ घन्टाअघिको कोभिड नेगेटिभ रिपोर्ट अनिवार्य बुझाउनुपर्ने छ । यसरी परीक्षण नगरेका यात्रुसमेत मिसाएर उडान गराएमा त्यसको क्वारेन्टाइन व्यवस्थापन खर्च सम्बन्धित विमान कम्पनीले नै बेहोर्नुपर्ने छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणले नियमित किसिमको अन्तर्राष्ट्रिय उडानका लागि सबै तयारी पूरा भइसकेको जनाएको छ । खासगरी कोभिड सङ्क्रमणबाट बच्ने उपायसहित विमानस्थलका हरेक प्रक्रियाका लागि आवश्यकता अनुसार जनशक्ति व्यवस्थापन गरिएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।
    त्यस्तै विमानस्थल सुधारतर्फ बन्दाबन्दीकै अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग र ट्याक्सी वे तीन सय मिटर विस्तार गरिएको छ । यात्रु आगमनलाई सोझै विमानस्थल प्रवेशद्वार नजिकैको ट्याक्सी पार्किङ स्थलतर्फ लैजाने व्यवस्था गरिएको छ । सामाजिक दूरी कायम गर्ने तथा विमानस्थलको साजसज्जा पनि यसैबीचमा सम्पन्न भएको छ ।

    नियमिततर्फको अन्तर्राष्ट्रिय उडान सुरु भए पनि आन्तरिक उडान भने खुला भएको छैन । सोमबारको मन्त्रिपरिषद् बैठकले भदौ मसान्तसम्म आन्तरिक उडान खुला नगर्ने निर्णय गरिसकेको छ ।

    सरकारले नियमित तथा चार्टर्ड अन्तर्राष्ट्रिय उडानबाट नेपाल आउन पाउनेको सङ्ख्या बढाएको छ । भदौ १७ देखि खुल्ने उडानबाट दैनिक आठ सय जना स्वदेश आउन पाउने छन् । यसअघि सरकारले दैनिक पाँच सय मात्र आउन दिने निर्णय गरेको थियो । गोरखापत्र दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...