News Portal

  • १२ जिल्लामा ७३ प्रतिशत संक्रमित

    ५२८ पटक

    काठमाडौं, १७ भदौ । काठमाडौंलगायत चार जिल्लामा एक हजारभन्दा बढी सक्रिय संक्रमित छन् । स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्यविद् डा. सुरेश तिवारीका अनुसार प्रमुख १२ जिल्लामा कुल संक्रमितमध्ये ७३ प्रतिशत छन् । ‘यी १२ जिल्ला हट स्पट हुन् । समुदायमा कोरोना संक्रमण फैलिएको विन्दु सुरु भएको छ । यही बेला नियन्त्रण गरे अन्य जिल्लामा फैलिन पाउँदैन’, उनले भने ।

    विगतमा बाहिरबाट आउनेमा संक्रमण थियो । अहिले झन्डै ९६ प्रतिशत संक्रमित स्थानीय भएको डा. तिवारी बताउँछन् । काठमाडौं कुल संक्रमितको संख्या ४ हजार ९ सय १५ पुगेको छ । त्यसपछि पर्सामा २ हजार ३ सय १० पुगेका छन् । अन्य प्रमुख संक्रमित जिल्लामा मोरङ, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, बारा, रूपन्देही, कपिलवस्तु, बाँके, दैलेख, कैलालीलगायत छन् ।

    यससँगै विभिन्न ठाउँमा लगाइएको निषेधाज्ञा के गर्ने भन्ने बहस सुरु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलका अनुसार, पोजेटिभिटी दरका आधारमा निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गर्न सकिन्छ । हरेक जिल्लामा रहेका संक्रमितको पोजेटिभिटी दर निकाल्नुपर्छ । संक्रमण बढ्दो छ कि घट्दो छ भन्ने निष्कर्षका आधारमा कार्यक्रम अघि बढाउनु पर्छ । कुनै पनि जिल्लामा संक्रमण दर दुई सयभन्दा बढी भए लकडाउन गर्नुपर्ने डा. तिवारी बताउँछन् । अन्नपूर्ण पोस्ट्बाट

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...