News Portal

  • बाढीले तटीय बस्ती बगायो, १९ जना बेपत्ता

    ६१० पटक

    बागलुङ, १८ भदौ । बागलुङको ढोरपाटन नगरपालिका-९ बोवाङ्गको भुजिखोलाले खोला किनारका बस्ती बगाउँदा १९ जना वेपत्ता भएका छन् । अविरल बर्षासँगै बुधबार राती खोलामा आएको बाढीले तटीय क्षेत्रको बस्ती बगाउँदा मानवीयसँगै भौतिक क्षति भएको आशंका गरिएको छ । प्रहरी घटना स्थल पुग्न कठिन हुँदा मानवीय तथा भौतिक क्षतिको पूणर् विवरण प्राप्त हुन सकेको छैन ।

    स्थानीय जितबहादुर घर्तीका अनुसार लाखुरबाटका तीन जना, जुनापधँेराका दुई जना, घट्टाबोटका १२ जना, भुसुन्डेका दुई जना वेपत्ता भएका छन् । पहिरोले तटिय क्षेत्रका करिब दुई दर्जन घर पूणर् क्षति गरेको छ ।

    बाढीले भुजुखोला चौथो र पाँचौ लद्यु जलविद्युत आयोजताको पावर हाउस समेत बगाउँदा सो क्षेत्रमा सम्पर्क विच्छेद हुँदा घटनाबारे पुरा विवरण प्राप्त हुन नसकेको स्थानीयवासी घर्तीको भनाई छ ।

    बाढीले जनचेतना प्रावि र सरसस्वती आधारभुत विद्यालयको भवन झोलुङ्गे पुल बगाएको छ । पहिराले ढोरपाटन सालझण्डी मोटरबोटो पूणर् रुपमा अवरुद्ध गरेको हुँदा उद्धारको प्रहरी घटना स्थल पुग्न नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो ।

    स्थानीय प्रहरीचौकीबाट प्रहरीको उद्धार टोली पैदल यात्रा माफर्त घटना स्थलतर्फ हिडेको छ । घटना स्थलमा टेलिफोन सम्पर्क विच्छेद हुँदा घटनाबारे विवरण प्राप्त गर्न मुस्किल भएको प्रहरीको भनाई छ । ढोरपाटन नगरपालिका-३ भर्नेबगर खोला किनारमा करिव ३२ बर्षिय पुरुषको पहिचान नखुलेको शव फेला परेको छ ।

    ढोरपाटन-सालझण्डी सडक खण्डकोे बस्तीमाथि रहेको फलेगरमा गएको पहिरोले भुजिखोला थुनिएको र खोलाको ताल फुटे पछि बाढी आएको हुन सक्ने स्थानीयबासी जितबहादुर घर्तीले बताउनुभयो ।

    घटनास्थलमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र न्यौपानेसहितको सुरक्षा निकायको टोली प्रस्थान गरेको छ । गोरखापत्र दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...

    भक्तपुरका सफल व्यवसायी एवं समाजसेवी कासिछ्वालाई मातृशोक

    भक्तपुरका सफल व्यवसायी, युवा समाजसेवी, स्वतन्त्र अभियन्ता एवं खेलाडी श्रीभक्त कासिछ्वालाई मातृशोक परेको छ ।...