News Portal

  • तीन सातादेखि रोकियो रेलको टेन्डर मूल्यांकन प्रक्रिया

    इभक्तपुर संवाददाता
    ७६८ पटक

    काठमाडौं, १९ भदौ । सार्वजनिक खरीद अनुगमन कार्यालय (पीपीएमओ) को प्रणालीबाट बिड डकुमेन्टहरू डाउनलोड हुन नसकेपछि विवादास्पद पूर्व-पश्चिम रेलमार्गअन्तर्गतको काँकडभिट्टा-इनरुवा खण्डको टेन्डर मूल्यांकन प्रक्रिया अहिले रोकिन पुगेको छ ।
    प्राविधिक समस्याका कारण ई-बिडिङबाट दर्ता भएका बिड डकुमेन्टहरू डाउनलोड हुन नसकेपछि ३ सातादेखि उक्त खण्डको टेन्डरमाथि कुनै मूल्यांकन प्रक्रिया अगाडि बढेको छैन ।

    कार्यालयले भदौ १० मा सूचना जारी गर्दै साउन २६ र भदौ ४ गते प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण डकुमेन्ट डाउनलोड हुन नसकेको भन्दै खरीद प्रक्रिया स्थगन गरिएको बताएको छ ।

    तर, सोही दिन नै उच्च अदालत पाटनले समेत रेल विभागलाई काँकडभिट्टा-इनरुवा खण्डको टेन्डर प्रक्रिया अघि बढाउन आदेश दिएको थियो ।

    रेल विभागले सोही दिनदेखि नै १०६ किलोमीटर लामो रेलमार्गको ट्र्याक बेड निर्माणका लागि परेका १२० आवेदनको मूल्यांकन प्रक्रिया अघि बढाउने तयारी गरेको थियो । विभागले गत असार १४ र १७ गते दुईपटक गरी ५४ ओटा प्याकेजमा उक्त खण्डको टेन्डर आह्वान गरेको थियो ।

    तर, कार्यालयको उक्त प्रणालीबाट बिड डकुमेन्टहरू डाउनलोड हुन नसकेपछि अहिले ती टेन्डरको प्राविधिक तथा आर्थिक मूल्यांकनको काम रोकिएको थियो । आर्थिक अभियान दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...