News Portal

  • कोरोना संक्रमितको परिवारमाथी समाजको छि-छि दुरदुर

    इभक्तपुर संवाददाता
    ६२३ पटक

    दोलखा, १९ भदौ । सधैँ बिरामीको उपचारमा दत्तचित्त लागिरहने म शनिबार भने आफ्नै काममा व्यस्त थिएँ । करिब साढे ६ बजेतिर अकस्मात् कोरोना पोजेटिभ रिपोर्ट आयो भन्ने खबर सुनेँ ।

    त्यतिञ्जेल गाउँमा मलाई कोरोना लागेको कुरा ‘एक कान, दुई कान मैदान’ भइसकेको रहेछ । कुनै लक्षण बिना नै कोरोना छ भन्ने खबरले मन भारी भयो । स्वास्थ्यकर्मी भएकाले कोरोना लागे पनि यसबाट बाँच्न सकिन्छ । भीमेश्वर नगरपालिका-२, फूलपाकी पङ्जु तामाङले यस्तै उच्च मनोबलका कारण अन्ततः कोरोना भाइरसलाई परास्त गरे तर समाजमा विकसित भएको भेदभाव र छि-छि दुरदुर हटाउन भने धेरै कठिन भयो ।

    भदौ ६ गते सङ्क्रमण पुष्टि भए पछिका दिन सम्झिँदा उनी आफूलाई आँसुमा परिणत गर्नुहुन्छ । बुधबार घर फर्किएकी उनले कोरोना लागेको पुष्टि भएयता हरेक दिन गाउँ, समाजले आफ्नो परिवारलाई गरेको दुव्र्यवहारले सताउने गरेको बताइन् ।

    मेरी आमालाई धारामा पानी थाप्न र पसलमा नुन किन्नसमेत दिइएन । घरका परिवार बाटोमा हिँड्दा गाउँले टाढै रोकिनेदेखि फरक्क फर्केर अन्तै जाने सम्मका घटना सुन्दा यो कोरोनाभन्दा खतरा रोग गाउँ, समाजमा भित्रिएछ भन्ने लाग्यो । आज म कोरोना जितेर घर जाँदै छु तर त्यहाँको गाउँ, समाजले मलाई गर्ने व्यवहार कस्तो रहन्छ भन्नेमै पीर लागिरहेको छ -उनले गहभरि आँसु पार्दै भनिन् । गोरखापत्र दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...

    भक्तपुरका सफल व्यवसायी एवं समाजसेवी कासिछ्वालाई मातृशोक

    भक्तपुरका सफल व्यवसायी, युवा समाजसेवी, स्वतन्त्र अभियन्ता एवं खेलाडी श्रीभक्त कासिछ्वालाई मातृशोक परेको छ ।...