News Portal

  • बिहीवार पुल्चोकबाट पक्राउ परेका मध्यपुर थिमिका दुवै युवाहरु रिपाेर्टिङमा पुगेका पत्रकार

    भक्तपुरपोस्ट संवाददाता मध्यपुर थिमि, २१ भदाै
    १२२० पटक
    मध्यपुर थिमि, २१ भदाै

    निषेधाज्ञाको बाबजुद ललितपुरको पुल्चोकमा बिहीवार रातो मच्छिन्द्रनाथको रथ तान्न पुगेको र झडपमा सहभागी भएको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको भक्तपुरका २ युवाहरु पत्रकार भएको पुष्टि भएको छ । रिपोर्टिंङ गर्न पुगेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको सम्बद्ध संचार सस्थाले जनाएको हो ।

    बिहीवार पुल्चोकबाट पक्राउ परेका मध्यपुर थिमि नगरपालिका निवासी निरज बाडे र श्याम था पत्रकार भएको पुष्टि गर्दै मध्यपुर संचार समाजले उनीहरुको अबिलम्ब रिहाइको लागि माग गरेको छ । समाजका अध्यक्ष बाबुकाजी श्रेष्ठ र सचिव सुमन श्रेष्ठले प्रेस बिज्ञप्ती नै प्रेषित गरी पत्रकार बाडे टिभी टुडे र था स्वतन्त्र संचारग्राम साप्ताहिक संग आवद्ध रहेको भन्दै अबिलम्ब रिहाइका लागि माग गरेका हुन् ।

    मध्यपुर संचार समाजले पक्राउ परेका निरज बाडे र श्याम था मध्यपुर थिमि क्षेत्रकै होनहार पत्रकार रहेका पुष्टि गर्दै उनीहरुको विषयमा नकारात्मक संदेश प्रवाह हुने गरी भैरहेको प्रचारलाई पनि रोक्न अपिल गरेको छ ।

    बिहीवार रथ तान्न पुगेका स्थानीय र प्रहरी बीच झडप हुँदा स्थिति तनावग्रस्त बनेको थियो । ३ घण्टा लामो झडप पछि प्रहरीले स्थिति नियन्त्रणमा लिन सफल भएको थियो भने ललितपुर सिडिओले कर्फ्यु आदेश जारी गर्नु परेको थियो ।

    बिहीवार घटनास्थलबाट प्रहरीले २ दर्जन मानिसलाई पक्राउ गरी महानगरी प्रहरी परिसर ललितपुर पुर्याएपछि झडपमा सहभागी नियन्त्रणमा लिइएको भन्दै पक्राउ परेकाहरुकाे विवरण संचार माध्यमलाई उपलब्ध गराएको थियो ।

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...