News Portal

  • इन्धन बाेकेकाे ट्याङ्कर दुर्घटना

    भक्तपुरपोस्ट संवाददाता काठमाडौं, २१ भदाै
    १३६८ पटक
    काठमाडौं, २१ भदाै

    रक्सौलबाट काठमाडौं आइरहेको नेपाल आयल निगमकाे इन्धन बाेकेकाे एक ट्याङ्कर थानकाेटमा दुर्घटनामा परेकाे छ । निगमको थानकोट डिपो प्रवेश गर्ने मोडमै उक्त ट्याङ्कर दुर्घटनामा परेकाे हाे ।

    दुर्घटनामा परेकाे ट्याङ्करले डिजेल बोकेको बताइएकाे छ । थानकाेट डिपाेमा जाने माेडमै पुगेर माेडिएपछि ट्याङ्कर मूल सडकबाट चिप्लिएर खेतमा खसेको छ । निगमको थानकोट डिपोले साे ट्याङ्करले बीस हजार लिटर डिजेल बोकेको जनाएकाे छ । ना ७ ख ७३९ नम्बरको ट्याङ्कर खेतमा पल्टिएको तर चालक र सहचालकहरु भने सकुशल रहेको थानकाेट डिपो प्रमुख प्रदिप कुमार यादवले जानकारी दिएका छन् ।

    डिपाे प्रमुख यादवले ट्याङ्कर चिप्लिएर दुर्घटना परेकाे खबर आए लगत्तै डोजर बाेलाएर ट्याङ्कर उठाएकाे जानकारी दिए । पल्टिएकाे ट्याङ्कर डाेजरले उठाए पनि त्यसलाइ बाटाेमा तान्नका लागि भने क्रेन बाेलाइएकाे उनले बताए ।

    डिपाे प्रमुख यादवले २० हजार लिटर डिजेल बाेकेकाे ट्याङ्कर भए पनि त्यसबाट पूरै डिजल भने नपाेखिएकाे बताए । उनले ट्याङ्करबाट ३ हजार लिटर जति तेल पाेखिएको जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...