News Portal

  • सङ्क्रमण र दुव्र्यवहारसँग जुध्दै सेवामा स्वास्थ्यकर्मी

    ७१५ पटक

    काठमाडौं, २३ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) महामारीको चपेटामा अग्रपङ्क्तिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी परेका छन् । कोरोना उपचार हुने प्रत्येक अस्पतालमा कार्यरत दर्जनौं स्वास्थ्यकर्मी सङ्क्रमित छन् । ती अस्पतालमा कार्यरत अस्पताल निर्देशकदेखि, स्टाफ नर्स, चिकित्सक, ल्याबमा कार्यरत कर्मचारी, सरसफाइ कर्मचारीदेखि प्रशासन सम्मका कर्मचारीलाई कोरोना भाइरस सङ्क्रमण भइरहेको छ ।

    वीर अस्पताल, शिक्षण अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, भरतपुर अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोसी अस्पताल, भेरी अस्पताल लगायतका अस्पतालमा कार्यरत सयौं स्वास्थ्यकर्मी यतिखेर आइसोलेसनमा उपचाररत छन् । कतिपय चिकित्सक तथा नर्स निको भएर काममा फर्किसकेका छन् । जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख तथा कोसी कोभिड अस्पताल व्यवस्थापन प्रमुख ज्ञानबहादुर बस्नेत पनि २६ दिनको आइसोलेसन बसाइपछि कोरोनालाई जितेर नियमित काममा फर्कनुभएको छ ।

    उहाँ आइसोलेसनमा हुँदा पनि नियमित रूपमा मोरङ जिल्ला स्वास्थ्य कार्यालय प्रमुख भएको हुनाले सयौं फोन आउने र जिल्लाभरका सङ्क्रमितको व्यवस्थापन मिलाउनुपर्ने हुन्थ्यो । स्थानीय तहमा कोरोना परीक्षणदेखि उपचार सम्मको व्यवस्था बस्नेतले नै गर्नुपर्दथ्यो । उहाँले कोरोनालाई जित्न उच्च आत्मबल चाहिने बताउँदै कोरोना लाग्यो भन्दैमा हतोत्साहित बन्दा कोरोनालाई जित्न नसकिने बताउनुभयो ।

    स्वास्थ्य कार्यालय प्रमुख बस्नेतले कोरोना सङ्क्रमितलाई हेर्ने मानिसको दृष्टिकोणमा परिवर्तन आउन नसकेको बताउनुभयो । आफूलाई कसैले घृणा नगरे पनि समाजमा बौद्धिक वर्गले नै सङ्क्रमित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गरेको अनुभव सुनाउनुभयो । यस्तै चितवनस्थित बकुलर अस्पताल रत्ननगरका प्रमुख डा. विश्वबन्धु बगालेलाई पनि कोरोना सङ्क्रमित भइसकेपछि कोरोना सङ्क्रमित चिकित्सकको घर भनेर ब्यानर टाँसिएको थियो ।

    कोसी अस्पताल अर्थाेपेडिक वार्डमा कार्यरत एक नर्सको व्यथा अर्कै छ । (मञ्जु शर्मा नाम परिवर्त) ले १० दिनअघि मात्र कोरोनालाई जितेर ‘डिस्चार्ज’ हुनुभएको हो । साउन २१ गते उहाँलाई कोरोना पोजेटिभ देखिएको थियो । अस्पतालका केही स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ देखिएपछि उहाँले कोरोना परीक्षण गर्नुभएको थियो । उहाँलाई पोजेटिभ देखिएपछि अस्पताल भर्ना गरिएको थियो । नर्स मञ्जुलाई कुनै लक्षण थिएनन् तर होम क्वारेन्टाइनको प्रोटोकल नआउँदा अस्पतालमै बस्नुपरेको उहाँको गुनासो छ । स्वास्थ्यकर्मीले नै सङ्क्रमित स्वास्थ्यकर्मीलाई हेर्ने दृष्टिकोण नकारात्मक छ भन्दै उहाँले समाजमा झन् ठूलो खाडल रहेको बताउनुभयो । गोरखापत्र दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...