News Portal

  • आवधिक ऋणको ब्याजदर बढाउन नपाइने

    ८०४ पटक

    काठमाडौं, २४ भदौ । घर तथा सवारी कर्जा जस्ता व्यक्तिगत आवधिक कर्जा लिने ऋणीहरू अब पटकपटक कर्जाको ब्याजदर बढ्ने चिन्ताबाट मुक्त भएका छन् ।
    यसअघिसम्म बैंकले प्रत्येक ३ महिनामा आधारदर परिवर्तन गर्दा कर्जाको ब्याजदर पनि घटबढ हुने गरेको थियो । तर, अब बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर बीचमा बढाउन नपाउने भएका छन् ।

    नेपाल राष्ट्र बैंकले मंगलवार एकीकृत निर्देशिका २०७७ जारी गर्दै १ वर्षभन्दा बढी भुक्तानी अवधि भएका व्यक्तिगत आवधिक कर्जाहरूको ब्याजदर परिवर्तन नहुने गरी स्थिर ब्याजदर कायम गर्ने व्यवस्था गरेको छ ।

    अब बैंकहरूले १ वर्षभन्दा बढी भुक्तानी अवधि भएका प्रत्येक व्यक्तिगत आवधिक कर्जाको ब्याजदर बीचमा परिवर्तन गर्न पाउने छैनन् । तर, आधारदर परिवर्तन हुँदा परिवर्तन हुने परिवर्तनीय ब्याजदरको कर्जा लिन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

    ऋणीले ऋण लिँदा नै स्थायी ब्याजदरमा ऋण लिने कि परिवर्तनीय ब्याजदरको ऋण लिने भनेर छनोट गर्न पाउने सुविधा दिइएको छ ।

    ‘यो व्यवस्था व्यक्तिको नाममा प्रवाह भएका÷हुने घर कर्जा, सवारी कर्जालगायत मासिक वा कुनै पनि आवधिक किस्तामा भुक्तानी हुने गरी प्रवाह गरिएका १ वर्षभन्दा बढी भुक्तानी अवधि भएका कर्जामा लागू हुनेछ,’ संशोधित निर्देशिकामा उल्लेख छ ।

    यो व्यवस्थाले अब बैंकहरूले यो निर्देशन जारी हुनुपूर्व मासिक र त्रयमासिक र आवधिक किस्तामा भुक्तानी हुने गरी व्यक्तिको नाममा प्रवाह गरेका घर कर्जा, गाडी कर्जालगायत आवधिक कर्जा स्थिर ब्याजदर कायम हुने गरी कर्जाका शर्तहरू परिवर्तन गर्नुपर्ने राष्ट्र बैंकले बताएको छ ।

    उक्त व्यवस्थाको अनुपालनाका लागि कर्जाका शर्त वा भुक्तानी तालिका वा किस्ता रकममा भएको परिवर्तनलाई पुनर्तालिकीकरण वा पुनःसंरचना नमानिने राष्ट्र बैंकको भनाइ छ । बैंकहरूले स्थिर ब्याजदर अर्धवार्षिक रूपमा मात्र निर्धारण तथा प्रकाशन गर्नुपर्ने व्यवस्था रहेको छ । आर्थिक अभियान दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...

    मध्यपुर थिमिको सिन्दुर जात्रा र जिब्रो छेड्ने जात्रा सम्पन्न, सुजनले दोश्रो पटक छेडे जिब्रो

    भक्तपुरको मध्यपुर थिमि नगरमा सिन्दुर जात्रा सम्पन्न भएको छ । बिस्का जात्राकै अवसरमा मध्यपुरमा बैशाख...

    महोत्सव समापनमा भक्तपुरका पत्रकार ढकाललाई सम्मान

    भक्तपुर । जिल्लामा लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् ।...