News Portal

  • विद्यालयको पाठ्यभार घटाउने तयारी

    ८२६ पटक

    काठमाडौं, २४ भदौ । कोरोना भाइरस (कोभिड–१९) का कारण अवरोध आएपछि विद्यालय शिक्षाको पाठ्यक्रमको संश्लेषण गर्ने गृहकार्य सुरु गरिएको छ ।

    वैकल्पिक विधिलाई नै मूलधारको सिकाइ मानेर नयाँ शैक्षिक सत्र प्रारम्भ भएको घोषणा गर्ने सरकारी तयारीसँगै कक्षा १० सम्मको पाठ्यक्रमको संश्लेषण कार्य अगाडि बढाइएको हो । संश्लेषणपछि पाठ्यभार घट्ने छ ।

    पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले विद्यालय शिक्षाको पाठ्यक्रमलाई संश्लेषण गर्ने कार्यमा विषयगत समितिमा विज्ञहरूले काम गरिरहेको जानकारी दिए । भदौभित्र यसको काम पूरा गरी संश्लेषित पाठ्यक्रम विद्यालय र शिक्षकसम्म पु¥याउने योजना छ ।

    यस वर्षको शैक्षिक सत्रको झन्डै पाँच महिना बितिसकेकाले यस अवस्थामा पाठ्यक्रमलाई यथावत् रूपमा अघि बढाउन सम्भव छैन । विषयगत समितिले संश्लेषित पाठ्यक्रम तयार पारेपछि पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले त्यसलाई स्वीकृति दिनेछ । त्यसपछि संश्लेषित पाठ्यक्रम विद्यालयमा पु¥याइनेछ ।

    कुन कक्षामा कति प्रतिशत पाठ्यक्रमको भार घटाउने भन्ने नीतिगत निर्णय गरिएको छैन । महानिर्देशक दाहालले विद्यार्थीको न्यूूनतम सिकाइ उपलब्धि सुनिश्चित हुने गरी पाठ्यक्रम संश्लेषण गरिने बताए । माथिल्लो कक्षामा अध्ययन गर्नका लागि चाहिने न्यूनतम सिकाइ पुग्ने गरी पाठ्यक्रम संश्लेषण गरिनेछ । छोट्याइएको पाठ्यक्रमले निर्देशित गरेभन्दा विद्यार्थीले धेरै सिकाइ उपलब्धि हासिल गर्न सक्ने तर न्यूनतम उपलब्ध भने सुनिश्चित गरिनुपर्ने छ । गोरखापत्र दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...