News Portal

  • कोरोना महामारीबीच स्वदेश फर्किए ११ लाख नेपाली

    ६९८ पटक

    काठमाडौं, २४ भदौ । कोरोना महामारी सुरु भएयता करिब ११ लाख नेपाली भारत तथा तेस्रो मुलुकबाट नेपाल भित्रिएका छन् ।

    सरकारले कोरोना महामारी सुरु भएपछि गत ११ चैतमा देशभर लकडाउन घोषणा गरेको थियो । त्यसयता भारतबाट मात्रै विभिन्न नाका हुँदै स्थलमार्गबाट १० लाख बढी नेपाली स्वदेश आएका छन् । यस्तै, भारतबाहेक तेस्रो मुलुकबाट ११ चैतयता मंगलबारसम्म ५७ हजार नेपाली स्वदेश आएका छन् ।

    प्रतिनिधिसभातर्फ काठमाडौंबाट निर्वाचित सांसदहरूको मंगलबार ज्ञापनपत्र बुझ्दै उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले लकडाउन सुरु भएयता मात्रै विभिन्न नाका हुँदै भारतबाट मात्रै १० लाख बढी नेपाली स्वदेश आएको बताए ।

    सरकारले कोरोना महामारी सुरु भएपछि भारतमा रोकिएका नेपालीलाई ल्याउन भन्दै २० वटा नाका खुला गरेको थियो । तर अहिले भने १० नाका मात्रै खुला गरिएको छ ।

    ‘नेपाली श्रमिकहरू भारतलगायत विभिन्न मुलुकमा छन्, लकडाउन सुरु भएपछि १० लाख बढी श्रमिक भारतबाट मात्रै स्थल मार्ग हुँदै आएको गृह मन्त्रालयको तथ्यांकले देखाउँछ । भारतबाहेक तेस्रो मुलुकबाट पनि उद्धार गरी यस बीचमा नेपाली श्रमिक र विदेशमा अलपत्र परेका नेपालीलाई ल्याइएको छ,’ उपप्रधान एवं रक्षामन्त्री पोखरेलले भने ।

    सरकारले कोरोना महामारी सुरु भएपछि भारतमा रोकिएका नेपालीलाई ल्याउन भन्दै २० वटा विभिन्न नाका खुला गरेको थियो । तर अहिले भने १० नाका मात्रै खुला गरिएको छ ।

    अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीका अनुसार लकडाउन सुरु भएपछि हवाई मार्ग हुँदै न्यून संख्यामा केही विदेशीसहित ५६ हजार नेपाली स्वदेश आएको जानकारी दिए । यस बीचमा २६ हजार नेपाली भने बाहिरिएको विभागको तथ्यांकमा उल्लेख छ ।

    ‘लकडाउन सुरु भएपछि हवाई मार्ग हुँदै न्यून संख्याका केही विदेशीसहित ५६ हजार नेपाली स्वदेश आएका छन् । यस बीचमा २६ हजार नेपाली बाहिरिएको तथ्यांकले देखाउँछ,’ अध्यागमन विभागका महानिर्देशक केसीले भने ।

    गृह मन्त्रालयका प्रवक्ता चक्रबहदुर बुढाले हाल भने १० विभिन्न नाका हुँदै भारतीय सीमासँग जोडिएका नाकाहरूबाट नेपाली आइरहेको जानकारी दिए ।

    ‘अहिले १० वटा विभिन्न नाका हुँदै भारतबाट नेपालीहरू आउन पाउँछन्, यताबाट जानेहरू समेत आवश्यक कागजात पु¥याएर गइरहेका छन्,’ गृह प्रवक्ता बुढाले भने ।

    सरकारले भारतबाट आउनेहरूलाई सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको समन्वयमा स्थानीय तहसम्म पु¥याउने गरेको छ । यसरी आउनेहरू नेपाल भित्रिएपछि अनिवार्य स्वास्थ्य जाँच गराउनुपर्छ भने सम्बन्धित स्थानमा पुगेपछि क्वारेन्टिनमा बस्नुपर्छ ।

    यस्तै, तेस्रो मुलुकबाट आउनेहरूलाई समेत काठमाडौं आएलगत्तै प्रदेशअनुसार नै हेल्डिङ सेन्टरमा राखिँदै आएको छ भने त्यहाँबाट स्वास्थ्य परीक्षण गराएर प्रदेशअनुसार सरकारी पहलमै सम्बन्धित जिल्लासम्म पठाउँदै आइएको छ ।

    यसरी हवाईमार्गबाट आउनेहरूले ७२ घण्टाअगाडि पीसीआर परीक्षण गरेको नेगेटिभ रिपोर्ट देखाउनुपर्छ । त्यस्तै, पर्यटन मन्त्रालयले लागू गरेको मापदण्ड पूरा गरेको हुनुपर्छ । यसरी आएकाहरू समेत सरकारले तोकेको समयसम्म अनिवार्य क्वारेन्टिनमा बस्नुपर्नेछ । राजधानी दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...