News Portal

  • नेकपा स्थायी समिति बैठक आजः तीन महिना किचलो, भागवण्डामा मिल्यो

    ५६० पटक

    काठमाडौं, २६ भदौ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रको जारी आन्तरिक विवाद तत्कालका लागि समाधान भएको छ ।

    विवाद समाधान गर्न गठित कार्यदलले दिएको सुझावलाई थप स्पष्ट पार्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त प्रस्ताव तयार गरेसँगै विवादको टुंगो लागेको हो ।

    तीन महिनादेखि जारी विवाद अध्यक्षद्वय ओली–प्रचण्डको संवाद र कार्यदलको सुझावको आधारमा समाधान भएको छ । झन्डै फुटको संघारमा पुगेको पार्टी अन्ततः अधिकार बाँडफाँडमा पुगेर मिलेको छ ।

    प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको राजीनामा प्रकरणबाट शुरु भएको विवाद झन्डै तीन महिना लम्बिएको थियो । गत असारमा शुरु भएको स्थायी समिति बैठकमा प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग स्थायी समितिका बहुमत सदस्यले माग गरेपछि विवादले उग्र रुप लिएको थियो ।

    पार्टीभित्र विचार सिद्धान्तभन्दा पनि पद बाँडफाँडमा कुरा नमिल्दा शुरु भएको विवाद पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले कार्यकारी अधिकार प्रचण्डलाई दिन राजी भएपछि लेनदेनमा टुंगिएको छ ।

    आन्तरिक विवादले फुटको संघारबाट जोगिएको नेकपाले संघीय मन्त्रिपरिषद् र प्रदेश मन्त्रिपरिषद्को पुनर्गठन तथा राजनीतिक नियुक्तिसम्बन्धी मापदण्ड बनाएर सहमतिमै सरकार र पार्टी सञ्चालन गर्ने नीति लिएको छ ।

    विगतमा पनि सहमति हुने तर कार्यान्वयन नहुने समस्या दोहोरिएपछि अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालसहितका नेताहरुले प्रधानमन्त्री ओलीले एकलौटीरुपमा अगाडि बढेको आरोप लगाउँदै अध्यक्ष वा प्रधानमन्त्री दुईमध्ये एक पदबाट राजीनामा दिन लगाउने नीति लिएका थिए ।

    तर प्रधानमन्त्री ओलीको अडानको कारण तत्काल अध्यक्ष र प्रधानमन्त्री दुवै पदमा रहने र बाँकी कार्यकाल सरकार सञ्चालन गर्ने गरी अगाडि बढ्न सफल भएका छन् ।
    तीन महिना अघिबाट शुरु भएको नेकपाको स्थायी कमिटीको बैठक आजका लागि बोलाइएको छ । नेपाल समाचारपत्रबाट

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...