News Portal

  • आन्तरिक उडान खोल्न गृहकार्य सुरु

    ८२० पटक

    काठमाडौं, २६ भदौ । सरकारले नियमित उडान संख्या थप गर्नेभएको छ । अहिले दैनिक दुईवटा नियमित अन्तर्राष्ट्रिय उडान भइरहेकामा वायु सेवा कम्पनीले थप उडान माग गरेमा अनुमति प्रदान गर्ने निर्णय भएको हो ।

    उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवका बीचमा भएको छलफलपश्चात् प्रधानमन्त्री र उपप्रधानमन्त्रीबीचको उच्चस्तरीय परामर्शबाट अन्तर्राष्ट्रिय उडान संख्या थप गर्ने निर्णय भएको हो ।

    आन्तरिक उडान पनि खोलिने
    बिहीबार नै आयोजित एक भर्चुअल कार्यक्रममा मन्त्री भट्टराईले आन्तरिकतर्फको नियमित उडान सञ्चालनको तयारी पनि भइरहेको जानकारी दिए ।

    जसका लागि बिहीबार नै आफूले सीसीएमसी सचिवालयमा प्रस्ताव पठाएको उनले जानकारी दिए ।

    असोज १ देखि नै आन्तरिक उडान सञ्चालन गर्ने आफ्नो प्रस्ताव भए पनि छलफलपछि असोज १५ देखि उडान गर्न सकिनेतर्फ पनि उनले सङ्केत गरेका छ । गोरखापत्र दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...