News Portal

  • मध्यपुर थिमिमा ह्दयबिदारक घटना,औषधी फ्याक्ट्रीमा जागिरे अधिकारी सपरिवार मृत फेला

    हिना सुवाल / भक्तपुरपोस्ट भक्तपुर, २६ भदौ
    १९३२ पटक
    भक्तपुर, २६ भदौ

    भक्तपुरमा एक परिवारका तीन जना सदस्यको रहस्यमय मृत्यु भएको छ । पतिपत्नी र १७ वर्षीय छोराको शव उनीहरुको आफ्नै घरमा फेला परेको हो ।

    मध्यपुर थिमि नगरपालिका– ९ निकोसेरामा नयाँ घर बनाएर बसेका स्थानीय सुदिप अधिकारी, उनकी पत्नी सुशीला र छोरा सुशान्त शुक्रवार मृत अवस्थामा फेला परेका हुन् । उनीहरु संगै रहेको घरपालुवा कुकुर पनि मृत अवस्थामा फेला परेको छ ।

    मध्यपुर थिमि– ९ का वडासदस्य चन्द्रप्रकाश धौबन्जारले घटना ह्दयबिदारक रहेको बताए । घरमा प्रवेश गर्ना साथ् पहिले कुकुर मृत पाइएको र त्यसपछि आमा छोराको शव फेला परेको र माथि कौसीमा घरमुली अधिकारीको शव फेला परेको उनको भनाइ छ । वडासदस्य धौबन्जारका अनुसार घरमुली अधिकारी जनागालस्थित एक औषधी फ्याक्ट्रीमा कार्यरत जागिरे हुन् ।

    अधिकारीका एक आफन्त उनको घरमा पुग्दा ढोका बन्द रहेपछि घटना बाहिरिएको हो । वडासदस्य धौबन्जारले भक्तपुर पोस्टसंग उनीहरुको केहि दिन अघि नै मृत्यु भएको हुनसक्ने आशंका गरे । ”शवबाट गन्ध पनि आएकाले केहि दिन अघि नै मृत्यु भएको हुनसक्छ ।” उनले भने । घटनापछि स्थानीय आतंकित बनेकाले घटनाको सत्यतथ्य छिट्टै सार्वजनिक हुनुपर्ने उनको भनाइ छ ।

    महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख समेत रहेका डिएसपी ऋषिराम कँडेलका अनुसार घटनाको अनुसन्धानमा महानगरीय अपराध महाशाखाका प्रमुख रहेका एसएसपी दीपक थापाको नेतृत्वमा बिशेष अनुसन्धान टोली खटेको छ । महानगरीय अपराध महाशाखाका प्रमुख रहेका एसएसपी दीपक थापा, महानगरीय प्रहरी परिसर भक्तपुरकाे प्रमुख रहेकी एसपी तारादेवी थापा र महानगरीय वृत्त थिमिका डिएसपी ऋषिराम कँडेल लगायतले अनुसन्धानलाई अघि बढाएको बताइएपनि हत्या वा आत्महत्या भन्नेबारे कुनै पनि संकेत गरेका छैनन् ।

    महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख समेत रहेका डिएसपी ऋषिराम कँडेलले शवलाइ पाेस्टमार्टमका लागि दुवाकाेटस्थित केएमसी अस्पताल पुर्याइएकाे जानकारी गराउदै रिपाेर्ट प्राप्त भएपछि अनुसन्धान सहज हुने बताए ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...