News Portal

  • जंगबहादुरद्वारा शुरु गरिएकोे बली प्रथा १ सय ७२ वर्षमा पहिलो पटक रोकियो

    ७७४ पटक

    काठमाडौं, २९ भदौ । कोभिड–१९ का कारण यो वर्ष दशैंमा बली रोकिने भएको छ । पहिलो राणा प्रधानमन्त्री जंगबहादुर राणाले विसं १९०३ मा कोतपर्वलगत्तै दशैंघर र मूलचोकमा शुरु गरेको बलीप्रथा पहिलोपटक स्थगित हुने भएको हो ।

    बली व्यवस्थापन गर्ने निकाय कौशितोषाखानामा बसेको बैठकले यो वर्षको दशैंमा मूल घरमा दिइने बली रोक्ने निर्णय गरेको हो । यो निर्णय करिब एक साताअघि भएको थियो ।

    कौशितोषाखानका शाखा अधिकृत राजभाइ श्रेष्ठले गृह र संस्कृति मन्त्रालय, महालेखा परीक्षकको कार्यालय, पुरोहित र सरोकारवाला निकायको बैठकले कोरोना महामाहारीका कारण यो मूलचोकमा दिने बली स्थगित भएको जानकारी दिए । उनले भने– ‘अष्टमी (कालरात्रि), नवमी र चतुदर्शीको दिनमा मूल चोकको बली यो वर्षका लागि स्थगित गर्ने निर्णय भएको छ ।’

    तीन दिन गरी १ सय ६२ बोका, त्यति नै संख्यामा राँगा बली दिइन्थ्यो । दशैंमा काठमाडौंमा कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै गएको कारण बली रोक्नुपरेको श्रेष्ठको भनाइ छ । दशैंमा मूलचोकमा बली दिँदा भीडभाड बढ्ने भएपछि यो वर्ष बली नदिने निर्णय भएको उनले बताए । मूलचोकमा बली नदिए पनि अन्य पीठमा भने बली जारी रहेको उनको भनाइ थियो ।

    सरकारले यो वर्षको चैते दशैंमा पनि मूलचोकको बली स्थगित गरेको थियो । तलेजुका मूल पुजारी उद्धव कर्माचार्यले जंगबहादुरले कोतपर्व भएको दुई वर्षपछि देवीलाई खुसी पार्न बली दिन थालेको किंवदन्ती बताउँदै करिब १ सय ७२ वर्षपछि पहिलोपटक मूलचोकको बली रोकिएको हुन सक्ने बताएको छ । नेपाल समाचारपत्रबाट

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...