News Portal

  • भोटोजात्रा सम्पन्न नगरी बुङ्मती लगियो मच्छिन्द्रनाथ

    ६१५ पटक

    काठमाडौं, ३० भदौ । कोरोना महामारीबीच रथ तान्ने र नतान्ने विषयमा निर्णय नहुँदा स्थानीय र प्रहरीबीच झडप निम्तिएको इतिहास रच्दै यस वर्षका रातो मच्छिन्द्रनाथको रथयात्रा टुंगिएको छ ।

    बुंगद्यो अर्थात् रातो मच्छिन्द्रनाथको भोटो नदेखाई सोमबार देवतालाई बुङ्मती लगिएको छ । कोरोना महामारीले गर्दा यसपटक परम्परागत भोटो जात्रा सम्पन्न नगरी देवतालाई सोमबार दिउँसो ३ बजे बुङ्मती लगिएको हो । अध्येयताहरुका अनुसार भोटोजात्रा सम्पन्न नगरी रातो मच्छिन्द्रनाथलाई बुङ्मती लगिएको यो पहिलोपटक नै हो ।

    अघिपछि रातो मच्छिन्द्रनाथ रथ जावलाखेलमा पुगेको चौथो दिनमा राष्ट्रप्रमुख र सरकार प्रमुखको उपस्थितिमा देवताको बहुमूल्य भोटो देखाउने परम्परा रहेको छ । भोटो नदेखाई देवतालाई लगिएको यसअघि आफूले कहिले थाहा नपाएको नसुनेको अध्येयताहरु बताउँछन् ।

    अध्येयताहरुका अनुसार रातो मच्छिन्द्रनाथलाई राजा नरेन्द्रदेवको पालमा भारतको कामरुपकामाक्षाबाट काठमाडौं ल्याइएको थियो । छैटौं शताब्दीदेखि शुरु भएको रथयात्रामा समयक्रमसँगै रातो मच्छिन्द्रनाथको अन्तिम दिन भोटो देखाउने परम्परा जोडिएको अध्येयताहरुको भनाइ रहेको छ ।

    भोटोजात्राको शुरुआतबारे ऐतिहासिक अभिलेख नभए पनि यससँग जोडिएको किंवदन्ती भने जनमानसमा चर्चाको विषय रहेको छ । नेपाल समाचारपत्रबाट

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...