News Portal

  • म्याग्दीमा डेङ्गु रोगको उच्च जोखिम

    ४९८ पटक

    बेनी, ३० भदौ । केही दिन यता म्याग्दीमा डेङ्गुु र स्क्रब टाइफसको सङ्क्रमण फैलिएको छ । जिल्लाको बेनी अस्पतालमा उपचार गर्न आएका ६१ जनामा डेङ्गुको सङ्क्रमण भेटिएपछि रोग फैलिने खतरा बढेको अस्पतालले जनाएको छ ।

    लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुको सङ्क्रमण हालसम्म रघुगङ्गा गाउँपालिका, बेनी नगरपालिका, अन्नपूर्ण गाउँपालिका र मङ्गला गाउँपालिकाका बिरामीमा पुष्टि भएको हो । जिल्लाको उच्च पहाडी क्षेत्रमा समेत लामखुट्टेको टोकाइबाट हुने डेङ्गुको समस्या देखिएपछि बिरामीको नमुना सङ्कलन गरेर थप परीक्षणका लागि काठमाडौं पठाइएकोमा डेङ्गु नै पुष्टि भएपछि जिल्लाका सबै स्थानीय तहलाई लामखुट्टे खोज्ने र नष्ट गर्ने अभियान चलाउन आग्रह गरिएको जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

    त्रिभुवन विश्वविद्यालयको बायोटेक्नोलोजी विभागमा पठाइएको नमुना परीक्षण गर्दा डेङ्गु नै पुष्टि भएकोले जिल्ला उच्च जोखिममा रहेकोे निमित्त प्रमुख लम्सालले जानकारी दिनुभएको छ ।

    यसबाट बच्ने एउटै उपाय भनेको लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्नेबाहेक अन्य उपाय नभएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले बताउनुभयो । यसैगरी मुसामा लाग्ने किर्नाजस्तो देखिने कीराको टोकाइबाट मानिसमा सर्ने स्क्रब टाइफसका बिरामीको सङ्ख्या पनि म्याग्दीमा उच्च गतिमा बढेको छ ।

    ओरेन्सिया सुसुगमुस भन्ने जीवाणुबाट सर्ने स्क्रब टाइफसका बिरामी गएको वैशाखदेखि हालसम्ममा ४१ जना अस्पतालमा आएका छन् । पछिल्लो दुई दिनमा सात जनामा स्क्रब टाइफसको सङ्क्रमण भेटिएको छ । बेनी नगरपालिकाका पाँच जना, मङ्गला गाउँपालिकाका एक जना र बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाका एक जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको हो ।

    विगतमा परीक्षण नहुने भए पनि म्याग्दीमा शङ्कास्पद बिरामी देखिएकाले अहिले स्क्रब टाइफसको किट मगाएर परीक्षण गर्दा रोग पत्ता लागेको बेनी अस्पतालका चिकित्सक नवराज बस्ताकोटीले बताउनुभयो । “लक्षण देखिन्छ, परीक्षण गर्दा पोजिटिभ देखिएपछि स्क्रबको औषधि चलाउँदा निको हुने पनि गरेको छ ।” उहाँँले भन्नुुभयो । यसका बिरामीको समयमै पहिचान हुन सकेमा उपचार सम्भव हुने भए पनि पहिचान हुन ढिला भए मृत्युदर उच्च रहने उहाँको भनाइ छ ।

    बेनी अस्पतालका सूचना अधिकरी सुवेदीका अनुसार १०४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउने, टाउको दुख्ने, पसिना धेरै आउने, आँखा रातो हुने, झाडापखाला लाग्ने, शरीरका मुख्य अङ्गले काम नगर्ने र आन्तरिक रक्तस्राव यसका मुख्य लक्षण देखिने हुँदा घर वरपरको झाडीलगायत सरसफाइमा ध्यान दिनु नै यसबाट बच्ने उपाय हो ।

    आन्तरिक रक्तस्रावसम्मको जटिल प्रकृतिको समस्यासहित डेङ्गु र स्क्रब टाइफसका बिरामीसमेत बेनीमा आएका र केही उपचारपछि ठीक भएका र केहीलाई थप उपचारका लागि ठूला अस्पतालमा रिफर गरिएको डा. घिमिरेले बताउनुुभयो । गोरखापत्र दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिको सिन्दुर जात्रा र जिब्रो छेड्ने जात्रा सम्पन्न, सुजनले दोश्रो पटक छेडे जिब्रो

    भक्तपुरको मध्यपुर थिमि नगरमा सिन्दुर जात्रा सम्पन्न भएको छ । बिस्का जात्राकै अवसरमा मध्यपुरमा बैशाख...

    महोत्सव समापनमा भक्तपुरका पत्रकार ढकाललाई सम्मान

    भक्तपुर । जिल्लामा लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् ।...

    लेखक खाइजूको भोगाइमा आधारित यमलोक यात्रा सार्वजनिक

    लेखक श्रीराम खाइजूको सातौं कृति  सार्वजनिक भएको छ ।  खाइजूको आफ्नै जीवन संस्मरण समेटिएको पुस्तक...

    सडकमा उत्रियो गठ्ठाघरको नवदुर्गा महिला समुह

    सरसफाइ केन्द्रीत अभियान चलाइरहेको राष्ट्रको लागि दुई घण्टा अभियान लोकप्रिय बन्दै जाँदा भक्तपुरमा सरसफाइ अभियानकै...

    सार्वजनिक स्थल सफाइमा सक्रिय हुँदै गठ्ठाघरको नवदुर्गा महिला समुह

    सरसफाइ केन्द्रीत अभियान चलाइरहेको राष्ट्रको लागि दुई घण्टा अभियान लोकप्रिय बन्दै जाँदा भक्तपुरमा सरसफाइ अभियानकै...