News Portal

  • पहिलो परीक्षा मंसिर र अन्तिम चैतमा

    ५६४ पटक

    काठमाडौं, ३१ भदौ । सरकारले चालू शैक्षिक सत्र वैशाखबाट शुरु भएर चैतमा सकिने जनाएको छ । कोभिड–१९ का कारण करिब ५ महिना पढाइ नभएर शैक्षिसत्र कहिलेबाट शुरु हुन्छ भन्ने विषयमा अन्योल उत्पन्न भइरहेको अवस्थामा पाठ्यक्रम विकास केन्द्रमार्फत सो धारणा सार्वजनिक गरेको हो ।

    विद्यालय तहको पाठ्यवस्तु समायोजन ढाँचा सार्वजनिक गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको भर्चुअल बैठकमा पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक केशव दाहालले सो जानकारी गराए ।

    उनले भने– ‘पाँच हिमाली जिल्लामा फागुन र अन्य जिल्लामा वैशाखदेखि शैक्षिकसत्र शुरु भइसकेको छ ।’ चैत महिनादेखि लकडाउन भएपछि पढाइ ठप्प भएको थियो । असारमा अनलाइन निर्देशिका जारी भएपछि केही निजी विद्यालयले औपचारिकरुपमा पढाइ शुरु गरेका थिए ।

    सामुदायिक विद्यालयमा पठनपाठन ठप्प भएको अवस्थामा सरकारले वैशाखदेखि शैक्षिकसत्र शुरु भएर चैतमा अन्त्य हुने जनाइसकेको छ ।

    मन्त्री अध्यक्ष रहेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले मंगलबार समायोजन ढाँचा सार्वजनिक गरेपछि औपचारिकरुपमा पठनपाठन शुरु हुने निश्चित भएको छ । नेपाल समाचारपत्रबाट

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...