News Portal

  • कोरोना प्रभावः नेपालको आर्थिक वृद्धि १.५ प्रतिशतसम्म झर्ने

    ८१० पटक

    काठमाडौं, ३१ भदौ । एसियाली विकास बैंक (एडीबी) ले नेपालको आर्थिक वृद्धिदर सन् २०२० मा २.३ र २०२१ मा १.५ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । सरकारले यस वर्ष ७ प्रतिशत हाराहारी आर्थिक वृद्धि हुने अनुमान गरेको थियो । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण आर्थिक गतिविधि खुम्चिँदा यस्तो प्रभाव परेको हो ।

    पछिल्ला दुई वर्ष २०१८ मा ६.७ र २०१९ मा ७ प्रतिशत वृद्धिदर थियो । एडीबीले मंगलबार सार्वजनिक गरेको ‘डेभलपिङ एसिया आउटलुक रिपोर्ट २०२०’ अनुसार यस वर्ष दक्षिण एसियाली मुलुकको औसत आर्थिक वृद्धिदर ६.८ प्रतिशतले ऋणात्मक रहनेछ ।

    ‘कोरोना भाइरस संक्रमणको प्रभावस्वरूप निर्यात, रेमिट्यान्स तथा पर्यटन क्षेत्र प्रभावित भएकाले नेपालको आर्थिक वृद्धिदर घट्ने देखिन्छ । नेपालको प्रमुख व्यापारिक साझेदार रहेको छिमेकी मुलुक भारतको अर्थतन्त्र खस्किएको अवस्थामा स्वाभाविक रूपमा असर पर्नेछ’, नेपालका लागि एडीबीका कन्ट्री डाइरेक्टर मुख्तोर खामुदखानोबले भने, ‘यो आर्थिक वर्षमा आवधिक रूपमा जारी लकडाउनले आर्थिक क्रियाकलाप ठप्प हुँदै गएमा आर्थिक वृद्धिदर अझ खस्किन सक्छ ।’

    सरकारले असोजबाट सम्पूर्ण आर्थिक क्रियाकलाप खुकुलो पार्ने निर्णय गरिसकेको छ । तर कोरोना भाइरसको संक्रमण नियन्त्रण भई असोजपछि आर्थिक गतिविधि पूर्ववत् अवस्थामा फर्कनेमा अनिश्चितता भने कायमै छ ।

    विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशत हुने हालै आकलन गरेको थियो । दुई निकायले गरेका अनुमान सरकारको लक्ष्यभन्दा निकै कम हो । अन्नपूर्ण पोस्ट्बाट

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...