News Portal

  • कोरोना नियन्त्रणमा सहकारीहरुको भूमिका

    सुनिल प्रजापति, प्रमुख भक्तपुर नगरपालिकाभक्तपुर, २ असाेज
    ८८८ पटक
    भक्तपुर, २ असाेज

    आज हामी अत्यन्त विषम परिस्थितिमा छौं । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको कारण संसारभरका जनता आक्रान्त छन् । विश्वभर ३ करोडभन्दा बढीमा संक्रमण फैलिएको र ९ लाख ५० हजारभन्दा बढीको ज्यान गइसकेको छ । संक्रमण तीव्र गतिले फैलिरहेको छ । सारा विश्व प्रभावित पार्ने कोरोनाबाट नेपालमा झण्डै ६० हजारभन्दा बढी संक्रमित भई ३८० भन्दा बढीको ज्यान गइसकेको छ ।

    हालसम्म औषधि समेत पत्ता नलागेको यो रोगबाट अरु कतिको ज्यान जाने हो अनिश्चित छ । २०७६ चैत्र ११ गते देखि सरकारले लकडाउन सुरु ग¥यो । झण्डै ६ महिना देश ठप्प भयो । त्यसबेला गृहमन्त्री र संघीय मामिला मन्त्रीसँगको बैठकमा हामीले भनेका थियौं – ‘उपत्यका छिर्ने नाकाहरूमा कडाइ गरौं, कफ्र्यु लगाऔं नभए भयावह स्थिति आउँछ ।’ सरकारले हाम्रो सुझावलाई बेवास्ता ग¥यो । व्यापारीहरूको दबाबमा सरकारले उद्योगधन्दा सञ्चालन गर्न भनी केही दिन खुकुलो ग¥यो । त्यसपछि काठमाडौं उपत्यकामा कोरोना फैलिने वातावरण तयार भयो । उपत्यका सुरक्षित नभएसम्म भक्तपुर मात्र सुरक्षित गर्न सम्भव छैन ।

    २०७७ असोज १ गतेसम्म काठमाडौं उपत्यकामा १४ हजार २ सय ३९ जना, भक्तपुर जिल्लामा १ हजार १९० जना तथा भक्तपुर नगरपालिकाभित्र संक्रमितहरूको संख्या ३१० जना भइसकेको छ । संक्रमितहरूको व्यवस्थापनबारे विभिन्न निकायहरूबीच छलफल गरेर भक्तपुर अस्पताल, खरिपाटीस्थित विद्युत तालिम केन्द्र र घरमै आइसोलेसनको व्यवस्था गर्दै आएका छौं ।

    आइसोलेसनमा बस्ने साथीहरूले कुनै किसिमको असहजता महसुस गर्न नपरोस् भनी स्वास्थ्य समस्याबारे जानकारीको लागि दुईजना डाक्टर, खाद्यान्न लगायत अन्य व्यवस्थापनको लागि दुईजना कर्मचारीहरू, फोहरमैला व्यवस्थापनको लागि एकजना कर्मचारी तोकी सम्पर्क नम्बर सार्वजनिक गर्दै आवश्यक सेवा प्रदान गर्दै आएका छौं । वडाका जनप्रतिनिधि, कर्मचारी र स्वयम्सेवक साथीहरूले पनि त्यत्तिकै सहयोग प्रदान गर्दै आउनुभएको छ ।

    दिन प्रतिदिन संक्रमितहरूको संख्या बढ्दै गएको हुँदा भक्तपुर अस्पताल र विद्युत तालिम केन्द्रमा आइसोलेसनको व्यवस्था गर्दै आएकोमा त्यतिले नपुग्ने र भक्तपुर नपाले छुटै आइसोलेसन बनाउनुपर्ने सुझाव विभिन्न ठाउँहरुबाट प्राप्त भयो । घरमै आइसोलेसनमा बसेकाहरूमा विविध कारणले सिंगै परिवार संक्रमित भएको पाइएको हुँदा साथीहरूको सल्लाहमा छुट्टै आइसोलेसन केन्द्र बनाउने तयारीमा लाग्यौं । खरिपाटीमा राख्ने ठाउँ नभएमा कुनै पनि बेला राख्न सक्ने गरी ५० बेडको आइसोलेसन तयारीको अन्तिम चरणमा छौं । हामीले बनाएको आइसोलेसन सकेसम्म सरकारी मापदण्ड अनुसार होस् भन्नेतर्फ विशेष ध्यान दिएका छौं ।

    हरेक वर्ष निश्चित समयमा साधारणसभा गर्नुपर्ने कानुनी बन्दोबस्त छ । तापनि भक्तपुर नगरपालिकाले कोभिड — १९ लाई ध्यानमा राखेर परिस्थिति सहज नभएसम्मको लागि सहकारी संस्थाहरूको साधारणसभा स्थगित गर्न सूचना जारी गरेको छ । हामी कानुनका लागि होइनौं, हाम्रो लागि कानुन हो । आवश्यकताअनुसार कानुन निलम्बन, खारेज वा संशोधन गर्न सक्छौं । यो विषम परिस्थितिलाई ध्यानमा राखेर यो वर्षको साधारणसभा तत्काल नगर्न यहाँहरू सबैमा हार्दिक आग्रह गर्दछौं । हाम्रा साना गल्ती वा कमजोरीले ठूलो दुर्घटना निम्तिन सक्छ । कोरोनालाई ख्याल ठट्टाको विषय नबनाऔं ।

    कोरोना हामी सबैको साझा शत्रु हो । साझा शत्रुसँग जित्न सबै एकजुट भएर लड्नु हामी सबैको साझा कर्तव्य हो । भक्तपुर नगरपालिकाको आग्रहलाई स्वीकार गर्दै सहकारी संस्थाहरूले निरन्तर साथ र सहयोग गर्दै आएका छन् । यसअघि हामीले सबैसँग सहयोगको आग्रह ग¥यौं । भक्तपुरमा कार्यरत १५४ वटा सहकारी संस्थाहरूमध्ये ४७ वटा सहकारी संस्थाहरूले रु. ५ हजार देखि १ लाख ११ हजारसम्म प्रकोप व्यवस्थापनमा सहयोग गरी सहकारी तर्फबाट मात्रै रु. ९ लाख १३ हजार रकम सहयोगस्वरुप प्राप्त भएको छ । कसले कति सहयोग ग¥यो भन्दा पनि सहयोगी भावना नै सबैभन्दा महŒवपूर्ण पक्ष हो । यहाँहरूको सहयोगी भावनाको भक्तपुर नगरपालिका सम्मान गर्दछ ।
    भक्तपुर नगरपालिकाले १ करोड रुपैयाँको प्रकोप व्यवस्थापन कोष खडा गरी सहयोग प्राप्त रकम त्यसैमा जम्मा गरी खर्च गर्दै आएको छ । हालसम्म प्रकोप व्यवस्थापन कोषबाट रु. १ करोड ७९ लाख खर्च भइसकेको छ । यसमा विपदको बेला काम गर्ने कर्मचारीहरूलाई दिएको प्रोत्साहन भत्ता निर्माणाधीन आइसोलेसन केन्द्रको खर्च पनि जोडिएको छैन ।

    नगरपालिका नगरबासीहरूको आफ्नो साझा संस्था हो । नगरपालिकाले नगरबासीहरूलाई केन्द्रमा राखी काम गर्दैछ । यहाँहरूले दिनुभएको सहयोग नगरबासीहरूकै हितमा खर्च गर्नेछौं । कहींकतै दुरुपयोग हुन दिनेछैनौं ।

    भक्तपुरमा जति जनसंख्या छ, करिब त्यतिकै सहकारी सदस्यहरू (१ लाख) छन् । आफ्ना सदस्यहरूको जीवनको सुरक्षा गर्नु प्रत्येक सहकारीको कर्तव्य हुनेछ । एकातिर यस्तो विपदको बेला गरेको सहयोग सदा स्मरणीय हुनेछ भने अर्कोतिर आफ्नो कर्तव्य पूरा गरेको ठहर्नेछ । हरेक कामको मूल्यांकन इतिहासले गर्नेछ । सहकारी संस्थाहरूले आ–आफ्नो सदस्यहरूको लागि अलग अलग पनि सेवा प्रदान गर्न नसक्ने होइन तर त्यसो गरेमा रोगको संक्रमणमा थप जटिलता आउन सक्छ । सम्भावित त्यस जोखिमबाट बच्न पनि हामी एकीकृत ढंगले अगाडि बढ्नु उपयुक्त हुने हाम्रो विश्वास छ ।

    हामी केन्द्र र प्रदेश सरकारको भरमा नबसौं । कोरोनाको यस्तो महामारीको रुपमा फैलिसक्दा पनि भक्तपुर नगरपालिकालाई प्रदेश सरकारबाट रु. १२ लाख बाहेक कुनै पनि सहयोग केन्द्र र प्रदेशबाट प्राप्त भएको छैन । केन्द्र र प्रदेशको आदेश र निर्देशनले कोरोनाको रोकथाम सम्भव छैन । हामी जहाँ छौं त्यहींका जनतालाई विश्वास गर्छौं र जनताकै भरमा हामी अगाडि बढ्दैछौं । आजसम्मको भक्तपुर नगरपालिकाको सफलताको श्रेय जनतालाई नै जान्छ ।

    कोरोनाबाट भक्तपुर नगरबासीहरूको जीवन सुरक्षाको लागि भक्तपुर नगरपालिकाले जनचेतना दिने उद्देश्यले नियमित माइकिङ र क्लोरिन छर्ने कामलाई निरन्तरता दिएको छ भन्ने साबुन पानीले हात धुने व्यवहारलाई बानीको रुपमा विकास गर्ने प्रयन्त गर्दैछ । बिस्का जात्रा, गाईजात्रालाई औपचारिकतामा सीमित ग¥यौं, गुँला पर्व, पञ्चदानलगायत जात्रा तथा पर्व स्थगित ग¥यौं । साथै हामीले नगर बाहिरबाट आउने व्यक्तिहरू रोक्ने प्रयासस्वरुप लगत राख्ने सुरु ग¥यौं, छोटो दुरीको सवारीसाधन रोक्ने लगायतका कार्यहरू ग¥यौं । भक्तपुर नपाको कामबारे यहाँहरू सबै जानकार हुनुहुन्छ ।

    विदेशबाट फर्केका दाजुभाई, दिदीबहिनीहरूलाई क्वारेनटाइनको व्यवस्था, गरिब निमुखा जनताको निम्ति राहत वितरण जस्ता कार्यहरू गर्दै आएको पनि यहाँहरूलाई विदित्तै छ । हामी कुरालाई भन्दा काममा विश्वास गर्छौं । प्रचारभन्दा बढी हामी काम गरेर देखाउने पक्षमा छौं ।
    भक्तपुर अस्पतालमा पीसीआर परीक्षण मेसिन राख्ने सम्बन्धमा प्रदेश सरकारका स्वास्थ्यमन्त्रीले पटक पटक बचन दिनुभएको छ । अझै प्राप्त हुन सकेको छैन । हामी फेरि प्रदेश सरकारलाई त्यस कार्य गराउन निरन्तर जोड दिनेछौं ।

    भक्तपुर नगरपालिकाका विविध गतिविधि सम्मिलित पुस्तक तथा प्रकाशनहरु मात्र नभई महत्वपूर्ण साहित्यहरु प्रकाशनतर्फ पनि ध्यान दिइरहेको छ ।

    अन्त्यमा, कोरोनासम्बन्धी जनचेतना जगाउन चिकित्सकहरू, संक्रमणमुक्त भएका व्यक्तिहरू र सम्बन्धित विषयविज्ञहरूमार्फत जानकारी दिने कामलाई निरन्तरता दिंदै जानेछौं । आर्युवेदिक उपचार पद्धति हाम्रो मौलिक भएको हुँदा त्यसलाई पनि अगाडि बढाउन प्रयन्त गर्दैछौं ।

    सम्पूर्ण साथीहरूलाई सहयोगको निम्ति धन्यवाद दिंदै यो कोरोनासँग संयुक्त लडाइ लड्न हाम्रा सहकारी संस्थाहरूबाट विगतमाझैं आर्थिक, भौतिक सहयोगको लागि हार्दिक अनुरोध गर्दछौं ।

    (भक्तपुर नगरपालिकाको आयोजनामा कोरोना भाइरसको संक्रमण न्युनीकरणका लागि सहकारी संस्थाहरूको भूमिकाबारे असोज २ गते जुममार्फत भएको छलफल कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिद्वारा प्रस्तुत विचार)

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...