News Portal

  • मास्कमा मनपरी

    ५२७ पटक

    काठमाडौं, ३ असोज । मास्क प्रयोग अनिवार्य बनेको छ । तर, कति गुणस्तरीय छ भन्ने कसैलाई थाहा छैन । बजारमा छ्यापछ्याप्ती पाउने मास्कले कोरोना भाइरस रोक्न सक्छन्, सक्दैनन् भनेर सरकारले नियमन गरेको छैन । बरु जिम्मेवार निकाय औषधि व्यवस्था विभाग र गुणस्तर तथा नापतौल विभाग एकले अर्कालाई देखाएर पन्छिन्छन् ।

    औषधि व्यवस्थाका महानिर्देशक नारायण ढकाल भन्छन्, ‘हामीले मास्कको नियमन गरिरहेका छैनौं । गुणस्तर तथा नापतौल विभागले एनएस नेपाल स्ट्यान्डर्ड बनाएको छ भन्ने सुनेको छु ।’
    गुणस्तर तथा नापतौलका कर्मचारी भने स्वास्थ्य सामग्रीको जिम्मा औषधि व्यवस्थाले लिनुपर्ने बताउँछन् । ‘हामीले एनएस निर्धारण गर्‍यौं’, विभागका सूचना अधिकारी सञ्जीवकुमार ठाकुर भन्छन्, ‘अब ती सामग्रीको नियमन गर्ने निकाय त औषधि व्यवस्था विभाग नै हो । ’

    नेपाल गुणस्तर परिषद्को १०४ औं बैठकले जेठ २५ मा मास्कको नेपाल स्ट्यान्डर्ड (एनएस) स्वीकृत गरेको थियो । तर, ती सामग्रीको परीक्षण गर्ने मेसिन नेपालमा छैन । एनएस स्वीकृत भए पनि मेसिन नहुँदा बजारमा जथाभावी मास्क उत्पादन तथा बिक्री वितरण भइरहको छ । यसका कारण उपभोक्ता मापदण्डरहित मास्क प्रयोग गर्न बाध्य देखिन्छन् ।

    गुणस्तर तथा नापतौलका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार चार कम्पनीले मात्रै एनएसका लागि आवेदन दिएका छन् । तर, नेपालमा मास्कको गुणस्तर परीक्षण गर्ने मेसिन नभएकाले भारत पठाइएको उनको भनाइ छ ।

    नेपालमा उत्पादन भइरहेका र आयात भइरहेका मेडिकल सामानको गुणस्तर मापनको व्यवस्था गर्न नसक्दा जोखिम निम्तिरहेको छ । धुलोधुवाँ तथा जीवाणुको संक्रमणबाट जोगिन प्रयोग गरिने मास्क गुणस्तरहीन भए यसले संक्रामक रोगको जोखिम झन् बढाउने जनस्वास्थ्य विज्ञहरू बताउँछन् ।

    कोरोना भाइरस संक्रमण फैलिएपछि मास्कको खपत बढ्यो । त्यससँगै बजारमा मास्क अभाव भयो । मन्त्रिपरिषद् बैठकले फागुन २० मा निजी क्षेत्रसँग सहकार्य गरी मास्क आपूर्ति र उत्पादन बढाउने निर्णय गरेको थियो । चेम्बर अफ कमर्सले स्वदेशमै मास्क उत्पादनसमेत थाल्यो । बजारमा अभाव त टर्याे‍ तर गुणस्तरहीन मास्कको उत्पादन तथा बिक्री गरी व्यापारी मालामाल भए । अन्नपूर्ण पोस्ट्बाट

    प्रतिकृया दिनुहोस्

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...