News Portal

  • मानव अंगका कार्यकारी निर्देशक प्राडा ज्ञवालीकाे मानपदवी बिबादित

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३ असोज
    १०५२ पटक
    भक्तपुर, ३ असोज

    भक्तपुरको दुधपाटीस्थित मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक प्राडा प्रेमराज ज्ञवालीले लगातार दोश्रो पटक सुप्रवल जनसेवा श्री (तृतीय) प्राप्त गरेका छन् । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका प्रमुख समेत रहेका ज्ञवालीले उक्त पदवी लगातार दोश्रो पटक प्राप्त गरेका हुन् ।

    गत वर्ष सोही मानपदवी प्राप्त गरेका ज्ञवालीको पोल्टामा फेरिपनि उक्त मानपदवी परेपछि छनौट प्रक्रियालाई लिएर असन्तुष्टि पैदा भएको छ । हचुवाको तालमा उच्च पदस्थ अधिकारीहरुले खल्तीबाट नाम सिफारिस गर्दा यस्तो गल्ती भएको हुनसक्ने भन्दै यसले मानपदवीको गरिमा कायम हुन नसक्ने जानकारहरु बताउँछन् ।

    प्राडा ज्ञवालीले गत वर्ष उक्त पदवी त्रिवि शिक्षण अस्पतालमा कार्यरत रहँदा प्राप्त गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको दोश्रो पटकको सफल मृगौला प्रत्यारोपणमा उनको योगदान रहेको छ ।  सोहीकारण उनले फेरि उक्त मानपदवी पाएको हुनसक्ने आशंका गरिएको छ ।

    प्राडा ज्ञवालीले भने आफूले गत वर्ष सुप्रवल जनसेवा श्री (तृतीय) नपाएको जिकिर गरेका छन् । ‘म कन्फम त छैन तर गत वर्ष अर्कै मानपदवी पाएको जस्तो लाग्छ ।” उनले भने । आफूले गत वर्ष पाएको मानपदवी हेरेर कुन रैछ जानकारी गराउने प्राडा ज्ञवालीले भक्तपुरपोस्ट संग प्रतिक्रिया दिए । ”मैले मानपदवी कहिल्यै खोजिन । यसपटक पनि साथीभाइले फोन गरेर बताएपछि मात्र थाहा पाएको हुँ । उनले भने । मानपदवी पाउदा काम गर्न उत्प्रेरणा मिल्ने भएकाले खुशी लागेको भन्दै उनले यसलाई विवादको विषय बनाउनु नहुने बताए ।

    यस सम्बन्धमा गृह मन्त्रालयको आधिकारिक धारणा बुझ्दा प्राडा ज्ञवालीको मानपदवी दोहोरिएको भए खारेज हुने जानकारी प्राप्त भएको छ । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले भक्तपुर पोस्ट संग कुरा गर्दै एउटै मानपदवी दोहोरिएको भए खारेज हुने प्रतिक्रिया दिए । जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकार र संघीय सरकारको सिफारिसमा आएका नामहरुबाट छनौट गरी विशिष्ट व्यक्तिहरुलाई राष्ट्रपतिबाट मानपदवी, अलंकार र पदक दिइने प्रक्रियाबारे अवगत गराउदै प्रवक्ता बुढाले एउटै मानपदवी दोहोरिएको अवस्थामा खारेज हुनसक्ने बताए । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले प्राडा ज्ञवालीको नाम आफूले नपठाएको बताइन् ।

    संविधान दिवसको अवसर पारेर हरेक वर्ष घोषणा हुँदै आएको मानपदवी, अलंकार र पदकद्वारा यस वर्ष प्राडा ज्ञवाली सहित भक्तपुरका विशिष्ट योगदान गरेका १६ जना व्यक्तिहरु विभूषित हुने भएका छन् । गृह मन्त्रालयले विभूषित हुने ५९४ जनाको नामावली सार्वजनिक गर्दा भक्तपुरबाट १६ जना परेका हुन् । भक्तपुरबाट सबैभन्दा ठूलाे सम्मान हात पार्नेमा मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक प्राडा प्रेमराज ज्ञवाली परेका छन् । उनलाई सुप्रवल जनसेवा श्री (तृतीय) द्वारा सम्मानित गर्ने घोषणा गरिएको छ ।

    भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट डा सुमित्रा गौतम, वीरदल गणका गणपति रहेका प्रमुख सेनानी शिवप्रसाद पौडेल, महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख रहेकी एसपी तारादेवी थापा, भक्तपुरस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २२ गणका गणपति उद्धवबहादुर न्यौपाने,जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत यज्ञराज जोशी, महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दिपक गिरी, मोरंग घर भई हाल मध्यपुर थिमी नगरपालिका बस्ने साहित्यकार अनिरुद्र पौडेल (अनिल पौडेल) कोरिया मैत्री नगरपालिका अस्पतालमा कार्यरत दन्तरोगकी चिकित्सक डा सुमी मल्ल केसी प्रवल जनसेवा श्री (चतुर्थ)द्वारा विभूषित हुने बताइएको छ ।

    भक्तपुरका नेता एवं समाजसेवी देवेन्द्र श्रेष्ठ ‘दिवाकर’ लाई जनसेवा श्री (पंचम)द्वारा विभूषित गरिने घोषणा गरिएको छ भने सोही पदकद्वारा भक्तपुर १० की बाबा मैया जोन्छे पनि विभूषित हुने भएकी छन् । त्यसैगरी सोही पदवीद्वारा भक्तपुर अस्पतालमा कार्यरत ल्याब टेक्निसियन सुनिता न्यौपाने पनि सम्मानित हुने घोषणा गरिएको छ ।

    कोभिड १९ रोकथाम र नियन्त्रणमा स्वयम्सेवक भई कार्य गरिरहेका समाजसेवी भक्तपुरका अरुण सैजूले पनि ‘समाज सेवा रत्न’ पाउने भएका छन् भने सोही अलंकार बाट राजेश गाईजू पनि विभूषित हुने भएका छन् ।

    अतिपौरख भाष्करबाट सूर्यविनायकस्थित वीरदल गणका जमदार सूर्यबहादुर खत्री सम्मानित हुने भएका छन् भने सोही गणका अर्का जमदार शंकर चौधरीले महापौरख भास्कर पाउने भएका छन् ।

    भक्तपुरका १६ सहित ५९४ जना विशेष योगदान पुर्याएका व्यक्तिहरुलाई राष्ट्रपतिले आगामी संविधान दिवसको कार्यक्रममा विभूषित गर्नेछिन् । यो वर्ष नेपाल रत्न कसैलाई पनि प्रदान गरिएन भने सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) बाट आँखा रोगका वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतलाई सम्मान गरिँने घोषणा गरिएको छ ।

     

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...