News Portal

  • दोस्रो टर्मिनलको तयारी

    ५६७ पटक

    भैरहवा, ७ असोज । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा दोस्रो टर्मिनल भवनको निर्माणको तयारी सुरु गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसको तयारी अघि बढाएको हो । विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार टर्मिनल भवनको डिजाइनदेखि संरचना निर्माणका सबै काम मन्त्रालयले अगाडि बढाएको छ ।

    संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा विभिन्न डिजाइन पोस्ट गर्दै सुझाव माग्नुभएको छ । भारतीय कन्सल्टेन्सीले तयार गरेका ती डिजाइन स्वीकृत भएपछि ग्लोबल टेन्डरको प्रक्रिया अघि बढ्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

    आगामी डिसेम्बरसम्म डिजाइन स्वीकृत, ग्लोबल टेन्डरको प्रक्रिया सक्नेगरी तयारी भइरहेको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताउनुभयो । दोस्रो टर्मिनल भवन बुद्ध कला र संस्कृति झल्किने गरी निर्माण गर्ने सोच सरकारको रहेको पनि उहाँले बताउनुभयो ।

    विज्ञहरूसँग छलफल गरी चारवटा डिजाइन मध्येबाट एउटाको छनोट गरिने र अन्य प्रक्रिया अघि बढ्ने पोखरेलले बताउनुभयो । विमानस्थल आयोजनाका अनुसार दोस्रो टर्मिनल भवन घाँघरा खोला र हाल रहेको टर्मिनल भवनको बीचमा बन्नेछ । भवन बनाउने स्थानमा मन्त्रालयबाट आएको टोलीले माटो परीक्षण गरिसकेको छ । गोरखापत्र दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...