News Portal

  • बालकोटमा डलर साट्ने बहानामा पैसा लुट्ने लुटेरा भएको अभियोगमा पाँच जना पक्राउ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ९ असोज
    ९५५ पटक
    भक्तपुर, ९ असोज

    बिहीवार बालकोटमा डलर साट्ने बहानामा पैसा लुट्ने लुटेरा भएको अभियोगमा पाँच जना पक्राउ परेका छन् । भक्तपुर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्ने सबैजनाको स्थायी ठेगाना सिन्धिपाल्चोक बाह्रबिशेका रहेका बताइएको छ ।पक्राउ पर्नेहरुमा एकजना ३२ वर्षिया युवती समेत रहेकी छन् । प्रहरी निरीक्षक सुवास बुढाथोकीले बताए अनुसार वर्ष ३६ को खेल बहादुर तामाङ , वर्ष ३३ को रेल बहादुर तामाङ,वर्ष ५६ को श्याम बहादुर तामाङ,वर्ष २५ को रामकृष्ण तामाङ र वर्ष ३२ की कान्छी तामाङ पक्राउ परेका हुन् ।

    प्रहरीका अनुसार बिहीवार सूर्यविनायक २ बालकोट स्थित रोज भिलेज नजिकबाट काठमाण्डौ धापासी बस्ने एक व्यक्तिलाई डलर देखाई नेपाली ५ लाख रुपैंया लुटी उनीहरु फरार रहेका थिए । फरार भएको घटनामा संलग्नहरुको खोजतलास गर्दै जाँदा प्रहरीले उनीहरुलाई मध्यपुर थिमि ९ बोडेबाट नियन्त्रणमा लिएको बताइएको छ ।प्रहरीले उनीहरुको साथबाट नेपाली रुपैंया – २,४२,९३५, बिभिन्न कम्पनीका मोबाईल – ५ थान,मोटर साइकल. – २ थान र डलर भनि झुक्काउन तयार गरिएको कागजको बिटो – २ बण्डल समेत बरामद गरेको बताइएको छ ।

    शुरुमा ८ जनालाई नियन्त्रणमा लिएको भएपनि आवश्यक अनुसन्धान पश्चात ३ जना व्यक्तिहरुको संलग्नता नदेखिएकोले छाडिएको तथा घटनामा संलग्नता देखिएका बाँकि ५ जना व्यक्तिहरु उपर थप अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसरले जनाएको छ । परिसरका अनुसार घटनामा संलग्न भई फरार रहेका अन्य व्यक्तिहरुको खोजतलास भईरहेको छ ।

    विगत केही समय देखि भक्तपुर जिल्लाका व्यापारी, व्यवसायी तथा विदेशबाट फर्किएका व्यक्तिहरूलाई फोन गरि पहिला देखिनै चिनजान भएको जस्तो व्यवहार गर्दै आफुसँग प्रशस्त मात्रामा अमेरिकन डलर रहेको र सो डलर सस्तोमा साटिदिन्छु भनि बिभिन्न बहाना बनाएर अमेरिकन डलर देखाई नेपाली रुपैया लुटपाटका घटनाहरु भईरहेका थिए । भक्तपुरमा सोही प्रकृतीको घटनामा अभियुक्त हरुको संलग्नता हुनसक्ने प्रहरीको अनुमान छ । शुक्रवार पाँच जना सामतिएपछि यस प्रकृतीका लुटपाट नियन्त्रणमा सहज हुने एसपी तारादेवी थापाले बिस्वास व्यक्त गरिन् ।

    यस अघि भएका सोही प्रकृतीका घटना यस प्रकार छन्
    लुटपाटका घटनाहरु:-
    • मिति :- २०७७।०४।०८ गते
    स्थान :- जिल्ला भक्तपुर मध्यपुर थिमि नगरपालिका वडा नं. ९ बोडे
    लुटपाट भएको रकम :- ३,००,०००।–
    • मिति :- २०७७।०४।१९ गते
    स्थान :- जिल्ला भक्तपुर मध्यपुर थिमि नगरपालिका वडा नं. ५ बोडे
    लुटपाट भएको रकम :- ४,००,०००।–

    • मिति :- २०७७।०५।३१ गते
    स्थान :- जिल्ला भक्तपुर मध्यपुर थिमि नगरपालिका वडा नं. २ बोडे
    लुटपाट भएको रकम :- ५,००,०००।–

    • मिति :- २०७७।०६।०६ गते
    स्थान :- जिल्ला भक्तपुर मध्यपुर थिमि नगरपालिका वडा नं. ९ बोडे
    लुटपाट भएको रकम :- ९,८०,०००।–

    • मिति :- २०७७।०६।०८ गते
    स्थान :- जिल्ला भक्तपुर सूूूर्यविनायक  २ बालकोट, रोजभिलेज नजिक
    लुटपाट भएको रकम :- ५,००,०००।–

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...