News Portal

  • लुम्बिनीका होटल फेरि बन्द

    ५५१ पटक

    भैरहवा, १० असोज । लामो बन्दाबन्दीपछि असोज लागेसँगै खुलेका लुम्बिनी क्षेत्रका होटल पर्यटक नआएपछि फेरि बन्द गरिएका छन् । लुम्बिनीस्थित मायादेवी मन्दिर खुला नभएको र लुम्बिनी घुम्न आउने आन्तरिक र बाह्य दुवै पर्यटक नआएको भन्दै व्यवसायीले होटल बन्द गरेका हुन् ।

    लुम्बिनी क्षेत्रमा रहेको होटल पवनका सञ्चालक पवन हलुवाईले बाह्य पर्यटक नआउने भएपछि होटल फेरि बन्द गरिएको बताउनुभयो । एक÷दुई दिन खोलियो तर पर्यटक आएनन्, फेरि बन्द गर्नुपरेको छ, उहाँले भन्नुभयो ।

    विशेष गरी लुम्बिनी घुम्न आउने ८० प्रतिशतभन्दा बढी पर्यटक नेपाल–भारत नाकाबाटै आउने गर्छन् । उनीहरू नआएपछि होटल बन्द गर्नुको विकल्प रहेन, हलुवाईले भन्नुभयो । नगन्य रूपमा आन्तरिक पर्यटक आउने भए पनि होटल सञ्चालनमा ल्याउँदा आम्दानीभन्दा खर्च बढी हुने गरेकाले बन्द गरेर राखिएको छ ।

    कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय उडान ठप्प हुनु, अन्य देशसँगका सीमा नाका बन्द हुनुलगायतका कारण पर्यटकको आगमन नहुँदा होटल सञ्चालनको अनुमति प्राप्त भए पनि कारोबार ठप्प रहेको होटल व्यवसायी महासङ्घका केन्द्रीय सदस्य तथा भैरहवामा सञ्चालित होटल नान्सका सञ्चालक चन्द्रप्रकाश श्रेष्ठले बताउनुभयो ।

    अहिले व्यापार तथा नाफाभन्दा पनि व्यवसाय गर्ने वातावरण सहज बनाउने सन्देश दिन मात्रै व्यवसाय सञ्चालन सुरु गरिएको व्यवसायीले बताउने गरेका छन् । होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले साना होटल तथा रेस्टुरेन्ट सञ्चालन भए पनि ठूला र पर्यटकीय होटल भने बन्द रहेको बताउनुभयो ।

    नेपाल होटल व्यवसायी महासङ्घका पूर्वअध्यक्ष तथा पर्यटन व्यवसायी माधव नेपालले कोरोना महामारीका कारण ३५ प्रतिशतभन्दा बढी होटल व्यवसायी विस्थापित हुने अवस्थामा पुगेको बताउनुभयो । गोरखापत्र दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...

    भक्तपुरका सफल व्यवसायी एवं समाजसेवी कासिछ्वालाई मातृशोक

    भक्तपुरका सफल व्यवसायी, युवा समाजसेवी, स्वतन्त्र अभियन्ता एवं खेलाडी श्रीभक्त कासिछ्वालाई मातृशोक परेको छ ।...