News Portal

  • जोरबिजोरको बेवास्ता गर्दै सवारी चलाउँदै हुनुहुन्छ ? भक्तपुर ट्राफिकको फन्दामा परिएला !

    राजेशमान मानन्धर / भक्तपुर पोस्ट भक्तपुर, १६ असोज
    १७१६ पटक
    भक्तपुर, १६ असोज

    जोर बिजोर नियम पालना नगर्ने सयौं सवारी साधन ट्राफिक प्रहरीको फन्दामा परेका छन् । पछिल्लो समय जोर बिजोर प्रणालीको बेवास्ता गर्दै सडकमा गुडेका सवारी साधन ट्राफिक प्रहरीको फन्दामा परेका हुन् ।

    गत बुधवारबाट भक्तपुर ट्राफिकले चेकिङलाई कडा पारेको देखिएको छ । ठाउँठाउँमा चेकिङ् प्वाइण्ट बनाएर चेकचाँज गर्दा दिनहुँ सयौंको सङ्ख्यामा नियम बिपरित गुडेका सवारी साधन नियन्त्रणमा लिइएको देखिन्छ ।

    महानगरीय ट्राफिक प्रहरी महाशाखाको निर्देशनपछि चेकिङ् कडा पारिएको थाँहा भएको छ । काठमाडौं उपत्यकामा चेकिङ कडा भएसंगै भक्तपुर ट्राफिकको सक्रियता बढेको हो। महानगरीय ट्राफिक प्रहरी कार्यालय भक्तपुरका प्रमुख समेत रहेका प्रहरी निरीक्षक सुमन न्यौपानेकै नेतृत्वमा ट्राफिक प्रहरी चेकिङ्का लागि तैनाथ भएका छन् ।

    जोर बिजोर नियम पालना नगर्ने सवारीलाई प्रहरीले दिनभरि नै होल्ड गरेर राख्ने गरेको पाइएको छ । ” हामी जोर बिजोर नियम बिपरित चलेका सवारी साधन होल्ड गरी बेलुकी ७ बजे मात्र छोड्छौं ।” भक्तपुरका ट्राफिक प्रहरी सहायक निरीक्षक नवराज श्रेष्ठले भने ।

    ट्राफिक प्रहरीलाई ड्युटीमा रहेका प्रभाग र वृत्तका प्रहरीहरुले पनि सवारी साधन नियन्त्रणमा लिन सहयोग गरिरहेका छन् । महानगरीय प्रहरी प्रभाग कटुन्जेका प्रमुख रहेका प्रहरी नायब निरीक्षक ज्योति कार्कीले आफूहरुले ट्राफिक प्रहरीलाई आवश्यक सहयोग गरिरहेको बताए । ड्युटीमा रहेका प्रहरीले नियम बिपरित चलेका सवारी नियन्त्रणमा लिई ट्राफिकको जिम्मा लगाउने गरेको प्रहरी सहायक निरीक्षक मनोज सर्राफ बताउछन्।

    भक्तपुर ट्राफिकका प्रमुख रहेका प्रहरी निरीक्षक सुमन न्यौपानेले जोर बिजोर नियमको पालन गर्नुगराउनु सबैको कर्तब्य भएको भनेका छन् । ” प्रहरीको मात्र होइन, यसको लागि आम जनसमुदायको साथ् र सहयोग आवश्यक छ ।” उनले भने । सडकमा निस्केर अलपत्र पर्नु भन्दा नियमबिपरित अनावश्यक सवारी नचलाउन उनले अनुरोध गरेका छन् । चेकिङ थप कडा पारिएको भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी रामेश्वरप्रसाद यादवले सबैलाई नियम अनुसार चल्न अपिल गरे ।

    फाेटाे : राजेशमान मानन्धर/भक्तपुरपाेस्ट

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...