News Portal

  • वीरगञ्ज सुक्खा बन्दरगाहमा सम्झौताविपरीत सेवा शुल्क

    १००४ पटक

    वीरगञ्ज, १८ असोज । सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा लिएको कम्पनीले सम्झौताविपरीत काम गरेको भन्दै नेपाल इन्टरमोडल यातायात विकास समिति (एनआईटीडीबी) ले स्पष्टीकरण सोधेको छ । एनआईटीडीबीले बन्दरगाह सञ्चालक प्रिस्टाइन भ्याली ड्राइपोर्ट प्रालिसँग स्पष्टीकरण मागेको हो ।

    बन्दरगाहमा आयातकर्ताले टर्मिनल सेवा शुल्क (टीएससी) र मजदूरलाई बेग्लाबेग्लै रकम तिरेको पाइएपछि प्रिस्टाइनलाई स्पष्टीकरण सोधिएको एनआईटीडीबीका निर्देशक हेमेन्द्रमोहन शाहीले बताए । स्थलगत निरीक्षण गर्दा प्रिस्टाइनले सेवाग्राहीसित सम्झौताविपरीत शुल्क लिएको भेटिएको दाबी निर्देशक शाहीले गरे ।

    बन्दरगाहको नियामक निकाय एनआईटीडीबी र प्रिस्टाइनबीच ठेक्का सम्झौतामा बन्दरगाह सञ्चालकले सेवाग्राहीसित टीएससीबाहेक कुनै पनि शुल्क लिन नपाइने शर्त छ । तर, बोराबन्द कार्गो (बीसीएन) तर्फका सेवाग्राहीले बन्दरगाह सञ्चालक र लोडअनलोडका मजदूर दुवैलाई रकम तिरेको भेटिएको शाहीले बताए ।

    ‘सेवाग्राही टीएससी र लोडअनलोडका लागि मजदूरलाई बेग्लाबेग्लै रकम तिर्न बाध्य भएको पाइयो । प्रिस्टाइनले तोकिएअनुसार शुल्क लिएपछि आयातकर्ताले अन्यलाई रकम तिर्नु पर्दैन,’ उनले भने ।

    ठेक्का सम्झौताअनुसार सञ्चालकले बीसीएन कार्गोतर्फ प्रतिमेट्रिकटन २४६ रुपैयाँ शुल्क लिन पाउँछ । सेवाग्राहीले यो रकम बन्दरगाह सञ्चालकलाई बुझाएपछि बन्दरगाहमा कार्गो व्यवस्थापनबापतको कुनै पनि रकम तिर्नु पर्दैन । बन्दरगाहमा सेवाग्राहीले सञ्चालक र मजदूरलाई बेग्लाबेग्लै रकम बुझाउनुपरेको वीरगञ्ज उद्योग वाणिज्य संघका महासचिव माधव राजपालले बताए ।

    प्रिस्टाइनले बन्दरगाह चलाउने जिम्मा लिएलगत्तै यसअघि आयातकर्ताले बन्दरगाहमा पाउने निःशुल्क समय घटाइदिएको थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हस्तक्षेप गरेर पूर्ववत् व्यवस्था कायम गराएको थियो ।

    बन्दरगाहमा काम गर्ने मजदूर र मजदूर आपूर्तिकर्ताहरूले स्थायी लेखा नम्बर नलिएकाले सम्झौता कार्यान्वयनमा समस्या परेको छ । आर्थिक अभियान दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...