News Portal

  • भक्तपुर प्रहरीकाे सक्रियता : बसभित्रै बलात्कार गर्ने २ युवक रंगेहात समातिए

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १८ असाेज
    १६१३ पटक
    भक्तपुर, १८ असाेज

    राती करिब ९ बजेको समयमा प्रहरीलाई बसका चालक र सहचालक बीच झगडा परेको सूचना आउँछ । सामान्य झगडा होला भनेर प्रहरीले अल्छी गर्दैन । महानगरीय प्रहरी वृत्त, जगातीको एक टोली तत्काल घटनास्थल तर्फ रवाना हुन्छ । घटनास्थलमा पुगेपछि सामान्य झगडालु समात्न गएको प्रहरीलाई ठुलो सफलता हात लाग्छ । प्रहरी सामुहिक बलात्कारको २ अभियुक्त समात्न सफल हुन्छ ।

    यो शनिबार रातीको घटना हो । चाँगुनारायण ८ स्थित तवियाखुशी खोलाको किनारमा बसभित्रै एक किसोरी सामुहिक बलात्कारको शिकार भएकी छन् । शुक्रवारदेखि बसका स्टाफको नियन्त्रणमा रहेकी उनी पटक पटक बलात्कारको शिकार भइन् । झगडालु खोज्न गएको प्रहरी देखेर किसोरी चिच्याएपछि प्रहरीले उनलाई उद्धार गर्न सफल भएको छ ।

    महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख रहेकी एसपी तारादेवी थापाले भक्तपुरमा एक किसोरीमाथि सामुहिक बलात्कार भएको र बलात्कार अभियोगमा २ युवक पक्राउ परेका पुष्टि गरिन् । ३ युवकले १७ वर्षिया ती किसोरीलाई नियन्त्रणमा लिई बसभित्रै पटक पटक बलात्कार गरेको थाहा भएको छ ।

    शुक्रवार बिहान ११ बजे रत्नपार्कबाट बसमा चढाएर ल्याएर उक्त बसका स्टाफले ती किसोरीको शरीरमाथि करिब २ दिन कब्जा जमाएका थिए । पानीमा लठ्याउने औषधी मिसाई खान दिई १७ बर्षिया किशोरीलाई रत्नपार्कबाट भक्तपुरसम्म बसमा चढाएर ल्याईएको देखिएको महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी थापाले जनाएकी छन् ।

    एसपी थापाका अनुसार शुक्रवार विहान अन्दाजी ११ बजेको समयमा पिडित किसोरीलाई भक्तपुरको सूर्यविनायकमा ल्याई शनिवार बिहानभरीसम्म बसभित्रै जबर्जस्ती करणी गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । फेरि शनिवार बिहान ११:०० बजेदेखि  पक्राउ पर्नु अघि सम्म किसोरीलाइ चाँगुनारायण ८ स्थित तवियाखुशी खोलाको किनारमा पुर्याई बसभित्रै बलात्कार भएकाे बताइएको छ ।

    चाँगुनारायण ८ लिवालीस्थित तवियाखुशी खोलाको किनारमा पार्किङ गरी राखेको बा. ३ ख. २६१२ नं.को बस भित्र किशोरीलाई जवर्जस्ती करणी गरेको अवस्थामा भक्तपुर प्रहरीले दुई युवकहरुलाई पक्राउ गरेको प्रहरीले पुष्टि गरेको छ । रत्नपार्कबाट किसोरी ल्याउने बसका स्टाफ भने फरार छन् तर २ युवकलाई समात्न सफल भएको प्रहरीको भनाइ छ ।

    पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी १० स्थायी ठेगाना भएका २२ वर्षीय निर कुमार खड्का र सिन्धुपाल्चोककै जुगल ४ का २१ वर्षीय सुर्य श्रेष्ठ रहेका प्रहरीले पुष्टि गरेको छ । प्रहरीका अनुसार एक अभियुक्त भने फरार भएका छन् । फरार युवकले आफूले बलात्कार गरेर नभएर आफ्ना २ साथीहरुलाई पनि बलात्कारका लागि किसोरीलाई बाध्य बनाएका थिए । उनको पहिचान भइसकेकाे र खोजीकार्य भैरहेको प्रहरीको भनाइ छ ।

    पक्राउ परेका अभियुक्तहरुलाई आइतवार नै भक्तपुर जिल्ला अदालतले जवरजस्ती करणी सम्बन्धी कसुरमा अनुसन्धानका लागि  ७ दिन म्याद थप गरीदिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको एसपी थापाले जानकारी गराइन् । एसपी थापाका अनुसार पिडित किसोरी भक्तपुरकी होइनन् । करिब दुई महिना अघि मात्र गाउँबाट शहर आएकी उनी काठमाडौंमा आमासंग बस्दै आएकी छन् । सोझोसिधा भएकोले पीडकहरुलाई झुक्याउन र धम्क्याउन सजिलो भएको हुनसक्ने उनले बताइन् । घटना साह्रै दुखद भएको भन्दै एसपी थापाले बालत्कार जस्तो जघन्य अपराधबाट समाजलाई सुरक्षित गर्न भक्तपुर प्रहरीले थप योजना र रणनीति बनाउने बताइन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...