News Portal

  • राजधानी सार्ने प्रस्तावले प्रदेश ५ संसदमा तनाव

    २२६ पटक

    बुटवल, २० असोज । प्रदेश ५ को स्थायी राजधानी बुटवलबाट दाङ सार्ने प्रदेश सरकारको प्रस्तावमाथि सोमबार संसद्मा भएको छलफलमा तनाव भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) को अवरोधबीच संसद् अगाडि बढाउँदा तनाव भएको हो ।

    सरकारले औचित्यविना बुटवलबाट दाङमा राजधानी सार्न लागेको भन्दै कांग्रेस र जसपाका सांसदले बैठक अवरुद्ध गरे पनि सभामुख पूर्णबहादुर घर्तीले कुनै सुनुवाइ नगरी बैठक अगाडि बढाएका थिए । विरोध र नाराबाजी गर्दै रोस्ट्रममा पुगेका विपक्षी दलका सांसदको आवाजको सुनुवाइ नगर्दै सभामुखले बैठक अगाडि बढाएका थिए ।

    पहिलो बैठक सुरु भएको १० मिनेटमै कांग्रेसका सांसदले बैठक अवरुद्ध गरेका थिए । त्यसपछि सभामुख घर्तीले २० मिनेटका लागि बैठक स्थगित गरेका थिए । २ बजे बस्ने भनिएको बैठक झन्डै साढे ३ बजे सुरु भएको थियो । बैठक पुनः सुरु भएलगत्तै कांग्रेस र जसपाका सांसदहरू फेरि रोस्ट्रममा पुगेका थिए । विपक्षी दलको नाराबाजीबीच सभामुखले संसद् बैठक अगाडि बढाएपछि कांग्रेस र जनता समाजवादीका सांसदहरूले कुर्सी टेबल फोडेका थिए ।

    कांग्रेस सांसदहरू वीरेन्द्र कनौडिया, फकरुद्धिन खान, रमा अर्याल, जनता समाजवादी पार्टीका सन्तोषकुमार पाण्डेलगायत आफ्नो आवाजको सुुनुवाइ नभएको भन्दै तोडफोडमा उत्रिएका छन् । राजधानी दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा तात्यो माओवादी केन्द्र : एकैदिन पाँच वडाका कार्यक्रम, ताथलीमा नयाँ कमिटी

    भक्तपुरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आफ्नो सांगठनिक गतिविधि बढाएको छ । केपी ओली सरकार...

    सूर्यविनायकमा मानव कंकाल फेला : अनुसन्धानमा सहयोग गर्न प्रहरीको अपिल

    भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डु स्थित जंगलमा एक मानव कंकाल फेला परेको छ...

    निषेधाज्ञा खुलेसँगै थपिए कोरोना सङ्क्रमित , तेस्रो लहर आउनसक्ने चेतावनी

    निषेधाज्ञा खुलेसँगै कोरोना भाइरस सङ्क्रमणको दर पनि बढेको छ । पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्दा...

    फेरी बढ्यो सुनचाँदीको मुल्य

    नेपाली बजारमा सुनचाँदीको मुल्य फेरी बढेको छ । आज छापावाला सुन तोलामा ३ सय रुपैयाँ...

    पुष्पलाल स्मृति दिवसको प्रवचन कार्यक्रममा प्रचण्ड माधव र विप्लवका नेता एकै ठाउमा

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सम्म आज...