News Portal

  • तातोपानी नाका फेरि बन्द

    ८५१ पटक

    काठमाडौं, २१ असोज । व्यापारिक कारोबार सञ्चालनमा आएको एक दिन नबित्दै उत्तरको मुख्य तातोपानी नाका फेरि बन्द हुने भएको छ । नेपाली मजदुरमा कोरोना संक्रमण दखिपछि चीनले एकपक्षीय रुपमा नाका बन्द गरेको हो ।

    कुनै पनि सामान मंगलबार नाकामा आएनन् । बाढी पहिरोका कारण झण्डै तीन महिना बन्द रहेको नाका सोमबार मात्र सञ्चालनमा आएको थियो ।

    कोरोना संक्रमण रोक्ने सर्तमा दुई देशका अधिकारीबीच गएको मंगलबार नाकाबाट व्यापारिक कारोबार सञ्चालनमा ल्याउने सहमति भएको थियो । सामान ढुवानी र लोड अनलोडमा संलग्न मजदुरमा कोरोना संक्रमण देखिपछि चिनियाँ अधिकारीले तत्काल सामग्री पठाउन नसकिने जानकारी दिएको तोतोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले बताए ।

    नाका सञ्चालनका लागि नयाँ मोडालिटीमा छलफल सुरु भएको छ । ‘त्यो मोडालिटी नबनेसम्म केही दिन नाका सञ्चालनमा आउने अवस्था छैन,’ उनले भने । नागरिक दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...