News Portal

  • दसैंअघि होला त लकडाउन ?

    ११५८ पटक

    काठमाडौं, २२ असोज । मुलुकभर बुधबार एकै दिन ३ हजार ४ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमणको यो संख्या हालसम्मकै बढी हो । सक्रिय संक्रमितको संख्या पनि २५ हजार ७ पुगेको छ । कोरोना संक्रमण तीव्र वृद्धि भए पनि सरकार भरसक लकडाउन वा स्वास्थ्य संकटकाल घोषणा नगर्ने पक्षमा देखिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक उच्च अधिकारीले कतिपय अस्पतालमा थप शय्या व्यवस्थापन गरेर भए पनि लकडाउन घोषणा नगर्ने योजना रहेको बताए । ‘दसैंअघि भरसक लकडाउन वा स्वास्थ्य संकटकाल घोषणा गर्ने कुनै योजना छैन’, मन्त्रालयअन्तर्गतको इन्सिडेन्ट कमान्ड सिस्टमका ती पदाधिकारीले भने ।

    कोरोना संक्रमितहरू घरमै र संस्थागत आइसोलेसनमा बसिरहेका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संस्थागत आइसोलेसनमा १० हजार ५ सय ९६ जना छन्। घरमै ९ हजार १ सय ७२ जना आइसोलेसनमा बसेको प्रवक्ता गौतमको भनाइ छ । प्रवक्ता डा. गौतमले पनि तत्काल लकडाउन घोषणा गर्नुको औचित्य नभएको बताए । ‘अस्पतालमा शय्या पुगेसम्म लकडाउन घोषणा हुँदैन’, उनले भने, ‘स्वास्थ्य संकटकाल घोषणा गरेर पनि के गर्ने ? बाहिर निस्कँदा नागरिकले मास्क लगाउने र भौतिक दूरी कायम गरे पनि हुन्छ । जनताले केही नगर्ने, सरकारले विभिन्न घोषणा गरेर मात्र के गर्ने ?’ उनले नै केही समयअघि नियमित प्रेस ब्रिफिङका क्रममा सक्रिय संक्रमित २५ हजार नाघे लकडाउन हुन सक्ने बताएका थिए । अन्नपूर्ण पोस्ट्बाट

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...