News Portal

  • रातमा मालपोत अड्डाः प्रमुखसहित २१ जना पक्राउ

    ८०४ पटक

    पर्सा, १ कार्तिक । कार्यालय समय सकिएपछि जिल्ला मालपोत कार्यालयमा पसेका कार्यालय प्रमुखसहित १३ कर्मचारी र ८ जना बिचौलियालाई जिल्ला प्रसाशन कार्यालय पर्साको टोलीले बिहीबार राति नियन्त्रणमा लिएको छ ।

    विभागीय स्विकृतिबिना कार्यालय समयपछि कार्यालयबाहिरका मानिससमेत भित्र पसाएर कर्मचारीले शंकास्पद गतिविधि गर्न थालेको सूचना पाएपछि छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिइएको पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताए ।

    जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमु्ख जिल्ला अधिकारी भीमकान्त पौडेलको नेतृत्वमा प्रसाशकीय अधिकृत विनय श्रीवास्तव, प्रहरी निरीक्षक राजेशराज पुरीसहितको टोलीले कार्यालयमा राति ९ बजे छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको जानकार प्रजिअ तामाङले दिए ।

    ‘हामी राति करिब ९ बजे कार्यालयमा पुग्दा केही कर्मचारी र कार्यालयसँग असम्बन्धित केही मानिस फाइल केलारहेका थिए । उनीहरु प्रहरीसहितको टोली देखेर अत्तालिए,’ वडा प्रहरी कार्यालय बिर्ताका इन्चार्ज प्रहरी निरीक्षक पुरीले भने, ‘हामीसँग प्रहरी ७ जना मात्र थिए तर कार्यालयका २ वटा कोठामा रहेका उनीहरुलाई रोकेर नियन्त्रणमा लिन सफल भयौं ।’

    छापा मारी मालपोत कार्यालयका निमित्त कार्यालय प्रमुख सुमनकुमार झासहित १३ कर्मचरी र ८ जना कार्यालय बाहिरका मानिसलाई नियन्त्रणमा लिएको उनले बताए। ‘सुरुमा नाम, परिचय र अन्य विवरण लिने काम भयो, त्यसपछि नियन्त्रणमा लियौं,’ उनले भने ।

    कर्मचारी पनि स्वीकृतिबिना कार्यालय समयबाहेक कार्यालयमा पस्न पाइँदैन। तर कार्यालय समय सकिएपछि पनि कर्मचारीले बाहिरका मानिस भित्र लगेर शंकास्पद काम गरिरहेको सूचनाका आधारमा छापा मारिएको र २१ जनालाई नियन्त्रणमा लिइएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताएको छ । नागरिक दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...