News Portal

  • दशैंमा काठमाडौं उपत्यका छाड्नेको संख्यामा कमी

    १००३ पटक

    काठमाडौं, २ कार्तिक । सरकारले भनेको छ, ‘जहाँ छौं त्यहीं नै चाडबाड मनाऔं ।’ तर, दशैं मनाउन घटनास्थापनाकै दिन शनिबार दिउँसो काठमाडौं उपत्यकाबाट २१ हजार यात्रु बाहिरिएका छन् । यद्यपि, यस वर्ष दशैंमा काठमाडौं उपत्यका छाड्नेको संख्यामा भने उल्लेख्य कमी आउने देखिएको छ ।

    विगतमा दशैंको पहिलो दिन नै १ लाखभन्दा धेरै उपत्यकाबाट बाहिरिसकेका हुन्थे । बसपार्क तथा टिकट काउन्टरमा गाउँ फर्किन चाहने यात्रुको लाइन हुन्थ्यो । तर, यसपटक टिकट काउन्टर र बसपार्कमा भीडभाड छैन । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले यात्रुको चाप कम भएकाले आधाभन्दा धेरै गाडी खाली नै गुडिरहेको बताए ।

    ट्राफिक प्रवक्ता रामेश्वरप्रसाद यादवले असोजमा ६ लाख २७ हजार यात्रु उपत्यकाबाट बाहिरिएको जानकारी दिए । सोही अवधिमा ६ लाख १४ हजार जना भित्रिए । लामो तथा मध्यम दूरीको सार्वजनिक यातायात असोज १ गतेदेखि सञ्चालनमा आएका थिए । त्यसयता दैनिक १७ हजारदेखि २२ हजारसम्म यात्रु उपत्यका भित्रिने र बाहिरिने गरेको प्रवक्ता यादवको भनाइ छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनपूर्व धेरैले उपत्यका छाडेका थिए ।

    अघिल्लो वर्ष सार्वजनिक यातायात र निजी सवारी साधनबाट २० लाखभन्दा धेरै दशैं मनाउन उपत्यकाबाट बाहिरिने गरेका थिए । यस वर्ष ३ लाखदेखि ४ लाखसम्म यात्रु मात्र बाहिरिने ट्राफिक प्रहरी तथा यातायात व्यवसायीको अनुमान छ ।

    खुलाइएन टिकट बुकिङ
    यातायात व्यवसायीले यस वर्ष दशैंका लागि टिकट बुकिङ खुला गरेका छैनन् । अघिल्ला वर्षका तुलनामा यस पटक यात्रुको चाप कम भएकाले टिकट बुकिङ खुलाउन आवश्यक नदेखिएको महासचिव सिटौलाले बताए ।

    सरकारले २० असोजदेखि नै अग्रिम टिकट बुकिङ खोल्न व्यवसायीसमक्ष प्रस्ताव गरेको थियो । तर, ५० प्रतिशतभन्दा कम गाडी सञ्चालनमा ल्याउँदा पनि यात्रुको अभाव देखिएको छ। सञ्चालनमा रहेका गाडीले पनि पूर्ण क्षमतामा यात्रु पाउन मुस्किल रहेको व्यवसायीको दाबी रहेको छ । अन्नपूर्ण पोस्टबाट

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...