News Portal

  • भक्तपुर पोष्टद्वारा पनि भक्तपुरको काेभिड व्यवस्थापन कोषमा रु १० हजार प्रदान

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ६ कात्तिक
    १०२५ पटक
    भक्तपुर, ६ कात्तिक

    भक्तपुरबाट प्रकाशित हुने लोकप्रिय अनलाइन पत्रिका भक्तपुर पोष्ट डट कमले पनि भक्तपुरमा कोरोना भाइरस संक्रमण (कोभिड १९) रोकथाम र नियन्त्रणका लागि आर्थिक सहयोग गरेको छ । भक्तपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा भक्तपुर पोष्टले नगद १० हजार रुपैयाँ सहयोग प्रदान गरेको हो ।

    बिहीवार नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई सम्पादक संजीप घिमिरेले नगद हस्तान्तरण गरेका हुन् । उक्त अवसरमा वडा नम्बर ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, भक्तपुरपोष्टका पत्रकार एवं व्यवस्थापक राजेशमान मानन्धर र नगरपालिकाकी प्रेस संयोजक कीर्तिका प्रजापति लगायतको उपस्थिति रहेको थियो ।

    कोभिड १९ रोकथाम र नियन्त्रणको लागि भक्तपुर नगरपालिकालाई प्राप्त सहयोगको लागि नगरपालिकाको तर्फबाट नगरप्रमुख सुनिल प्रजापतिले भक्तपुरपोष्टलाई धन्यवाद ज्ञापन गरेका छन् । कोभिड १९ रोकथाम र नियन्त्रणमा संचार माध्यम थप संवेदनशील भएर जनतालाई सुसुचित गर्नुपर्ने आवश्यकता औल्याउदै उनले चाडबाडलाई औपचारिकतामा सिमित गर्न र अनावश्यक आवतजावत, सम्पर्क र भिडभाड रोक्न प्रेरित गर्ने संदेश सस्प्रेषण हुने अपेक्षा समेत व्यक्त गरे ।

    सवैको सामुहिक प्रयासबाट मात्र कोभिड माथि विजय प्राप्त गर्न सकिने बताउदै नगरप्रमुख प्रजापतिले दाताहरुको विश्वासले काम गर्न थप प्रेरित गरेको बताए । ” स्वस्फुर्तरुपले दाताहरुले प्रकोप व्यवस्थापन कोषमा सहयोग गरिरहनु भएको छ । नगरपालिकाले सहयोगको सहि सदुपयोग गर्छ भन्ने तपाईहरुको विश्वास नै हाम्रो लागि कोभिडसंग लड्ने हतियार हो ।” नगरप्रमुख प्रजापतिले भने ।

    संघीय सरकारले कोभिड १९ परीक्षण र आइसोलेसन खर्च बिरामीबाट असुल गर्न खोज्नु दुखद र लोककल्याणकारी राज्यको सिद्धान्त विपरित भएको भन्दै नगरप्रमुख प्रजापतिले भक्तपुरमा कोभिड १९ परीक्षण र आइसोलेसन सेन्टर संचालनमा यसले चुनौती थपेको प्रतिक्रिया दिएका छन् । बागमती प्रदेशले सेवा यथावत राखेको भनेपनि धुलिखेलस्थित प्रदेशको प्रयोगशालाले भक्तपुरबाट संकलित स्वाब परीक्षण गर्न नमानेको उनले खुलासा गरे । संघ र प्रदेशको चालाले स्थानीय तहमा अन्योलता छाएको उनको भनाइ छ । ” संघ र प्रदेशको चालाले कोभिड १९ नियन्त्रण चुनौतीपूर्ण बनेको छ । यद्यपी, भक्तपुर नगरपालिका आफ्नो क्षमताले भ्याएसम्म यसलाई परास्त गर्न प्रतिवद्ध छ ।” उनले भने ।

    भक्तपुरपोष्टका सम्पादक संजीप घिमिरेले भक्तपुर नगरपालिकाको तीब्र इच्छाशक्ति र अर्जुन दृष्टिका कारण घना बस्ती भएता पनि तुलनात्मकरुपमा काेभिडकाे कम संक्रमण भएको भन्दै जनताप्रतिको जिम्मेवारी बोध अनुकरणीय रहेको बताएका थिए । ”हामीले धन भएर होइन, मन भएर आर्थिक सहयोग गरेका हौँ । याे जनस्तरबाट पनि उपचार खर्च जुटाउन सकिन्छ भन्ने संदेश पनि हाे ।” घिमिरेले भने । त्यसैगरी व्यवस्थापक राजेशमान मानन्धरले आगामी दिनमा अन्य नगरपालिकामा पनि सहयोग गर्दै जाने लक्ष रहेको बताए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...