News Portal

  • बालकोट घर भएका अमेरिका निवासी कार्कीले गरे मृर्गौला पीडितलाई आर्थिक सहयोग

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ७ कात्तिक २०७७
    १३३९ पटक
    भक्तपुर, ७ कात्तिक २०७७

    लामो समयदेखि दुबै मृगौला पीडित भई उपचाररत प्युठानका प्रकाश बिक्रम जिसीको उपचारका लागि प्रवासी नेपालीहरु जुटेका छन् । कपिलवस्तुको बाणगंगामा डेरामा बस्दै आएका जिसीको उपचारकालागि अमेरिकामा बस्दै आएका प्रवासी नेपालीले आर्थिक सहयोग गरेका हुन् ।

    अमेरिका निवासी मनोज कार्कीलगायतले भर्खरै जिसीको उपचारका लागि पठाएको ७३ हजार ७ सय ५६ रुपैया पीडितलाई हस्तान्तरण गरिएको हो । नेपाली हट ग्रुप टिकटकको अभियानमा कार्कीले हातेमालो गरेर सो रकम सहयोग गरेका हुन् ।

    सो टिकटक ग्रुपका होस्ट प्युठानका डिल्लीराज पराजुली, हट ग्रुपका सल्लाहकार बोम बहादुर परियार, भुवन सिंह, पत्रकार एल बि थापा, पदम सुबेदी, ग्रुपका सदस्य सुगम रिजाल, पदम खनाल लगायतको उपस्थितिमा सो रकम पीडितलाई हस्तान्तरण गरिएको टिकटक ग्रुपका होस्ट पराजुलीले भक्तपुरपोष्टलाई जानकारी दिए ।

    पीडितका एक छोरा, एक छोरी र श्रीमती रहेका छन् । सो रकमले उनको उपचारमा केही भएपनि राहत महशुस भएको जिसीको परिवारजनले बताएका छन् ।

    अमेरिका निवासी कार्कीले यसअघिपनि नेपालका विभिन्न पीडितहरुलाई सहयोग गर्दै आएका छन् । ‘हाम्रो सानो सहयोगले कसैको जीवन बच्छ भने किन नगर्ने ? पैसाले कहिले पुग्छ र ?’ भक्तपुरपोष्टसँग फेसबुक म्यासेन्जरमा कुरा गर्दै कार्कीले भने, ‘अझै धेरै पीडितहरुको सहयोगका लागि कुरा आएको छ विस्तारै सहयोग गर्दै जान्छु ।’

    बालकोट भक्तपुरमा घर भइ हाल अमेरिकामा बस्दै आएका कार्कीले MANOJ KAYKI मनोज कार्की नामको युट्युव च्यानल सञ्चालन गरेका छन् । सो युट्युव च्यानलबाट कमाइ भएको रकम पनि यस्तै समाजसेवामा खर्च गर्दै जाने उनले स्पष्ट पारे ।

     

    प्रतिकृया दिनुहोस्

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...