News Portal

  • आज महानवमी पर्वः बलिसहित दुर्गा भवानीको पूजा गरिँदै

    रासस
    २५३ पटक

    काठमाडौं, ९ कार्तिक । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षाेल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ ।

    महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैंघर, कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना, दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।

    पशुबलि नदिनेहरुले भने आज आ–आफ्नो कुल परम्परा अनुसार कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाअष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ ।

    मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई मारेको ९वध० ले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ । महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा पनि गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ ।

    प्रत्येक वर्ष महानवमीका दिन बिहान हनुमानढोकामा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिइने गरेकामा यो वर्ष कोरोना भाइरस संक्रमणका कारण नदिइने निर्णय सरोकार भएका निकायको बैठकले गरेको छ । घटस्थापनादेखिको नित्य पूजा र बलिको कार्यक्रम भने भइरहेको दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले बताए ।

    प्रतिकृया दिनुहोस्

    घर पुर्‍याई दिने भनी मोटरसाइकलमा राखी अपहरण तथा बलात्कार गरेकाे अभियाेगमा पक्राउ

    महानगरीय अपराध महाशाखाले घर पुर्‍याई दिने भनी मोटरसाइकलमा राखी अपहरण तथा बलात्कार गरेर फरार अभियुक्तलाइ...

    सरकारकाे दमनपछि नागरिक अगुवाकाे उद्घाेष : तेस्रो जनआन्दोलन सुरु भयाे

    शान्तिपूर्ण नागरिक आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि अगुवाहरु थप आन्दोलित बनेका छन् । साहित्यकार एवं पूर्व...

    थिमि वृत्तका डिएसपी कँडेल एसपीमा बढुवा सिफारिस

    नेपाल प्रहरीका १६ जना प्रहरी नायब उपरीक्षक(डिएसपी) लाई प्रहरी उपरीक्षक(एसपी) पदमा बढुवा सिफारिस गरिएको छ...

    धवलागिरि प्रतिभा पुरस्कार पन्तलाई

    यस वर्षको धवलागिरि प्रतिभा पुरस्कार पर्वत फलेबास घर भई हाल अमेरिकामा रहेका महेश्वर पन्तको “फुर्लुङ”...

    नेमकिपा बाकेको प्रथम जिल्ला परिषद सम्पन्न

    नेपाल मजदुर किसान पार्टीको ४७औं स्थापना दिवस तथा नेमकिपा बाँकेको प्रथम जिल्ला परिषद सम्पन्न भएको...