News Portal

  • सरकारको मति बिग्रियो : सचिव ढकाल

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १६ कात्तिक
    ११३० पटक
    भक्तपुर, १६ कात्तिक

    नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का एक अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारप्रति उनकै दलका नेता कार्यकर्ता सन्तुष्ट देखिएका छैनन् । पछिल्लो समय आम जनतासंग प्रत्यक्ष जोडिएको कोभिड १९ को उपचारमा सरकारले शुल्क असुल्ने नीति लिएपछि सरकार अझै आलोचित बनेको छ ।

    यसैबीच पार्टीका भक्तपुर जिल्ला कमिटी सचिव समेत रहेका डिपी ढकालले सरकारको मति बिग्रिएको सार्वजनिक अभिव्यक्ति दिएका छन् । आइतवार सामाजिक संजालमा आफ्नो धारणा व्यक्त गर्दै उनले कोभिड १९ को उपचारमा पैसा असुल्न खोज्नुबाट सरकारको मति बिग्रिएको प्रष्ट भएको बताएका हुन् ।

    कोभिड १९ को लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट जारी सशुल्क उपचार सम्बन्धी सूचना शेयर गर्दै सचिव ढकालले लेखेका छन्, ” मति के साह्रो बिग्रेको ! निर्णय सच्याउन तुरुन्त पहल गरियोस् ।” उनले शेयर गरेको सूचनामा अस्पतालले आइसीयु र आइसोलेसनका लागि न्युनत्तम २० देखि पचास हजार धरौटी मागेको छ भने दैनिक खर्च बिरामीको अवस्था अनुरुप पैतिस सय रुपैया देखि पन्ध्र हजार सम्म पर्ने उल्लेख गरिएको छ ।

    आम जनतालाई राहत दिनुको साटो उपचार खर्च असुल्ने यो अवस्था सरकार बिहिनताको अवस्था भएको भन्दै सामाजिक संजालमा नेकपाका नेता कार्यकर्ताहरुले असन्तुष्टि पोखिरहेका छन् । पार्टीले यस विषयमा आवश्यक पहल लिनुपर्ने र सत्ताको संकीर्णता सच्याउदै जनताको आसा र भरोसाको केन्द्र बन्नु पर्ने उनीहरुको भनाइ रहेको देखिन्छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...